• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामाजिक सद्भावयुक्त जिल्ला बन्दै रुकुम पश्चिम




यतिखेर रुकुम पश्चिमका स्थानियतहहरु जातिय छुवाछुत मुक्त स्थानीयतह बनाउने चटारोमा छन् । जिल्ला अधिकाशं स्थानीयतह जातिय छुवाछुत तथा समाजिक सदेभाव युक्त घोषना भैसकेका छन् ।

जिल्ला बाँफिकोट गाउँपालिकाका पहिलो पटक जातीयछुवाछुत तथा सामाजिमक सद्भाव युत्तल गाउँपालिका घोषना भएको थियो । त्यस्तै चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिबेणि गाउँपालिका हुदै आईतबार मुसीकोट नगरपालिकालाई पनि जातीयछुवाछत तथा समाजिक सद्भाव युक्त नगर घोषना गरियो ।

हुनत रुकुम जस्ता जनयुद्धको उद्गम स्थलमा जातिय छुवाछुत केहि धेरै मात्रामा अन्त्य भैसकेको थियो । पहिलै रुकुमका केहि स्थानीय निकाय छैत जातिय छुवाछुत मुक्त तथा समाजिक सद्भावयुक्त गाविस घोषना गरि सकएको थियो ।

तर अहिले फेरी ति स्थान र ठाउँलाई जातिय छुवाछुत तथा समाजिक सद्भाव युक्त स्थान घोषना गर्दै छन् रुकुमका स्थानीयतह । यस्तोका कार्यले स्थानीय तहको बजेट सकाउने खेल मात्र भएको चर्चा पनि सुनिने गरेको छ ।

२०६४ साल जेठ २१ गते नेपाललाई नै जातीय छुवाछुत मुक्त घोषणा गरिएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै जिल्लामा स्थानीय तहगत रुपमा जातीय छुवाछुत मुक्त घोषणाको अभियान तिव्रताका साथ अगाडि बढिईएको स्थानीयतहका जनप्रतिनिधिको भनाई छ ।

जिल्लाका स्थानीयतहहरुले आफ्नो क्षेत्रमा भरमा जातका नाममा कुनैपनि प्रकारको विभेद नरहेको भन्दै वडा जातीय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएपछि पुरै स्थानीयतहलाई नै घोषणा गर्ने गरेका छन् ।

छुवाछुत मुक्त नगर घोषना गर्नेमा मुसीकोट जिल्लाको अन्तिम स्थानीय तहका रुपमा जातीय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएको हो । जातीय छुवाछुत तथा सामाजिक सदभाव युक्त घोषणाका लागि पुरा हुनुपर्ने १२ वटा सूचकहरु पुरा भएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, मन्दिरमा सबै जातको पहुँच रहेको, सामाजिक संस्कारमा सम्मानजनक सहभागिता रहेको, विद्यालयहरुमा बालवालिकालाई जातीय विभेद नरहेको र जातीय सिपमा आधारीत काममा सम्मानजनक व्यवहार बृद्धि भैरहेको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो ।

नगरलाई जातीय छुवाछुत मुक्त घोषणा गर्नुका साथै यसलाई सफल पार्नका लागि ८ बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । अन्तरजातीय विवाह स्विकार्ने परिवारको नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नका लागि यस्तो व्यवस्था गरिने नगर प्रमुख गौतमले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै बालीघरे प्रथाको अन्त्य गर्दै मौलिक सीप कलाको आधुनिकिकरण तथा व्यवशायिकरण गर्ने, जातीय भेदभाव अन्त्य गर्न भुमिका खेल्नेलाई सम्मान गर्ने, भुमिहिन दलितहरुका लागि आवासको व्यवस्था गर्ने र जातीय सदभाव युक्त नमुना बस्ती स्थापना गर्ने प्रतिबद्धता नगर प्रमुख गौतमले व्यक्त गर्नुभयो ।

छाउपडि प्रथा नभएको नगर
त्यस्तै जिल्लामा पहिलो पटक मुसीकोटलाई छाउपडि प्रथा नभएको नगर पनि घोषणा गरिएको छ । नगरमा छाउपडि प्रथाको कुनै अवसेश नरहेको भन्दै नगरलाई छाउपडि प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्नका लागि ५ बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

नगर प्रमुख गौतमले विद्यालयमा निशुल्क प्याडको व्यवस्था गर्ने, यस सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्ने, विद्यार्थीहरुलाई यौनका बारेमा शिक्षा दिने, महिनावारी महिलाको नियमति प्रक्रिया हो भनेर सबैलाई बुझाउने र सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कर्णाली प्रदेशलाई नै छाउपडि प्रथा मुक्त घोषणा गर्ने लक्ष रहेकामा नगरमा छाउपडि नरहेको सन्देश दिनका लागि यस्तो घोषणा गर्नुपरेको नगर प्रमुख गौतमको भनाई छ ।

पूर्ण खोप सुनिश्चित नगर
यसैविच मुसीकोट नगरपालिका पूर्ण खोप सुनश्चित घोषणा भएको छ । जन्मेदेखि २३ महिना उमेर समुहका सबै चार सय ७७ बालवालिकाले सबै खोपको मात्रा पाएको नगरपालिकाले जनाएको छ । यसका साथै आगामि दिनमा जन्मिने बालवालिकाहरुले पनि पाउँनुपर्ने सबै खोप पाउने सुनिश्चित भएको नगरको भनाई छ ।

नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि नगरपालिकाले २३ महिना सम्मका बालवालिकालाई अनिवार्य रुपमा खोप कार्ड दिने, जन्मदर्ता, विद्यालय भर्ना, तथा अन्य सेवा सुविधाका लागि खोप कार्डलाई अनिवार्य गरिने र सबै बालवालिकालाई नजिकको खोप केन्द्रमा ल्याई खोप लगाउनका लागि खोप कार्यकर्ताहरुका लागि नियमित खोप सेसन संचालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments