घोराहीमा गेट निर्माणको क्रममा करेन्ट लागेर एक युवक घाइते भएका छन् ।

सलयन शारदा नगरपालिका ३ सिरुवारका २५ वर्षिय हरिबहादुर बिष्ट करेन्ट लागेर घाइते भएका हुन् ।

आइतवार घोराही उपमहानगरपालिका वडा नंं १५ ले निर्माण गर्न लागेका मिलनचोक प्रवेशद्वार निर्माणको काम गर्दै गरेको अवस्थामा बिष्ट करेन्ट लागेको हो ।

करेन्टले गम्भीर घाइते भएका बिष्टको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

