• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रनिङ शील्ड जनकल्याण मावि जीपुलाई




रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड जनकल्याण माध्यामिक बिद्यालय जिपुले हात पारेको छ । वडा नम्वर २ मा रहेको माविले ७९ अंक सहित सिल्ड हात परेको हो ।

जनकल्याण माविले गाउँपालिकाका ८ ओटा बिद्यालयलाई पछि पार्दै ७९ अंक प्राप्त गरेको हो । सिल्डको शनिबार एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले समापन गर्नुभएको छ ।

प्रथम हुँदै जनकल्याण मावि बाँफिकोट २ जिपु पिपलले सिल्ड, मेडल, कप र प्रमाणपत्र हात पारेको छ । त्यस्तै ४६ अंक सहित दोस्रो हुँदै स्यार्पुताल मावि बाँफिकोट ३ स्यार्पुदहले मेडल, कप र प्रमाणपत्र प्राप्त गर्दा ३६ अंक सहित तेस्रो हुँदै बाल कल्यान मावि सिम्तारुले कप, मेडल र प्रमाणपत्र पाएको छ ।

सिल्डमा सान्त्वना हुने नेपाल राष्ट्रिय मावि बाँफिकोट ८ दुली पोखराले भने प्रमाणपत्र मात्र प्राप्त गरेको छ । प्रतियोगीतामा विजयी हुने सबै खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र उपाध्यष मनकला पुनले अबिर आवरण सहित बधाई दिनुभएको थियो ।

अब अर्को वर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड जनकल्यान मावि बाँफिकोट २ जिपु पिपलमा संचालन हुने छ । सिल्डमा छात्र, छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तरगत ट्रयाक र रिले दौड, उफ्रने, फ्याक्ने तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्म, सटफुट लगायतमा प्रतिस्पर्धा भएको बताइएको छ ।।

Facebook Comments