• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जेठको उखरमाउलो गर्मीमा झरना देख्दा मन्त्री नै दंग (भिडियोसमेत)




प्रदेशको अस्थायी मुकाम बुटवलबाट विहानै आएका प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातवारणमन्त्री लीला गिरी जेठ २५ गते शनिवार दाङमा दिनभरि व्यस्त देखिनुहुन्थ्यो ।

तुलसीपुरमा राप्ती शान्ति उद्यानमा बन्न थालेको बोटानिकल गार्डेन शिलान्यासपछि पुनः ३४ किलोमिटरको यात्रा पार गरी बबइ गाउँपालिकाको पुरन्धारा झरना पुग्दा मन्त्री थाकिसक्नुभएको थियो । तर, जब उहाँ झरनामा पुग्नुभयो, उहाँ अनुहारमा नसोचेकै परिवर्तन आयो ।

‘ओहो, जेठ महिनामा पनि यत्रो झरना ? चमत्कार नै रहेछ यहाँ त ।’ उहाँ साह्रै प्रभावित हुनुभयो ।

झरनाको अवलोकनपछि उहाँले झरना पर्यटकीय क्षेत्रको उद्घाटन गर्दै मन्त्री गिरीले पुरन्धारा झरनाबाट आफू निकै प्रभावित भएको जनाउँदै सुने र सोचेभन्दा राम्रो रहेकाले आगामी बर्षमा बजेटको अभाव नहुने बताउनुभयो ।

कृषि र वनलाई जोडेर आर्थिक समृद्धिको बाटो तय गरिएको उल्लेख गर्दै उहाँले त्यसको उत्कर्ष पर्यटन भएको बताउनुभयो । प्रदेश सरकारको ५० लाख र बबइ गाउँपालिकाको १२ लाख लगानीमा झरना क्षेत्रमा भौतिक संरचना निर्माण भइरहेका छन् ।

मन्त्रालयका सचिव धनञ्जय पौडेलले पुरन्धारा झरना क्षेत्रमा सरफाइ, इको ट्रेक, धार्मिक संरचना निर्माण, पानीको स्रोत संरक्षण, प्रकृति संरक्षण र पर्यटनमैत्री संस्कृति निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रमुख प्रकाशसकीय अधिकृत भीष्मकुमार मल्लले गर्नुभएको थियो भने उपाध्यक्ष सावित्रा विश्वकर्माले स्वागत गनुृभएको थियो । मन्त्री गिरी, सचिव पौडेल, डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीलगायतले झरनाको अवलोकन गर्नुभएको थियो ।

टोलीले बबइमा प्रदेश सरकारको लगानीमा निर्माण भएका सभाहल र खेल मैदानको पनि निरीक्षण गरेको थियो ।

 

 

https://www.youtube.com/watch?v=cM2FkEj0l4I

Facebook Comments