दाङका विभिन्न सरकारी कार्यालयमा क्रियाशील रुकुमेली कर्मचारीहरुको भेला शुक्रवार घोराहीमा सम्पन्न भएको छ ।
भेलाले नापी अधिकृत प्रकाश ओलीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
समितिमा तेजकुमार शर्मा, तेजबहादुर खत्री, बलाराम खत्री, विकास गौतम, कमला खड्का, बिश्वास श्रीपाली, प्रेम खड्का, रामबहादुर खड्का, खिमबहादुर खड्का र खडग भण्डारी सदस्य रहनुभएको छ ।
भेलाले साउन १५ भित्रै नाम, उद्देश्यसहितको प्रतिवेदन तयार पारी साधारणसभा गर्ने निर्णय गरेको छ ।
भेलाले भातृत्व, आपसी सम्बन्ध जन्मभूमिप्रतिको दायित्व, पेसागत मर्यादा र एकताप्रति प्रतिबद्ध रहने निर्णय गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।