• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ पुस्तालाई प्रविधि दिऔं तर कुलतबाट बचाऔंः पूर्वमन्त्री शर्मा




पूर्वसामान्य प्रशासनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले नयाँ पुस्तालाई सूचना र प्रविधिसहितको शिक्षा दिनुपर्ने तर उनीहरुलाई कुलतबाट भने बचाउनुपर्ने बताउनुभएको छ ।

राप्ती इञ्जिनियरिङ कलेज घोराहीले सञ्चालन गरेको साताब्यापी खेलकूद कार्यक्रमको समापनका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

विद्यार्थीले पाठ्यपुस्तकसँगै समाज र देश पनि पढ्नुपर्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले सूचना प्रबिधि प्रयोग गर्ने अवसर पाउनु राम्रो भए पनि यसको दुरुपयोगप्रति सचेत हुनुपर्ने बताउनुभयो । सूचना प्रविधिका कारण नयाँ पुस्ता गलत दिशातिर त गइरहेका छैनन्, समाजले यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नयाँ पुस्तालाई सामाजिकीकरण गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

कलेजका अध्यक्ष शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक भीमसेन गरी, निर्देशक मधुसूदन वैद्य र नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीलगायत बोल्नुभएको थियो । प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षक माधव अधिकारीले गर्नुभएको थियो ।

सो क्रममा विभिन्न खेलका बिजेतालाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

Facebook Comments