• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ पुगेर सञ्चारमन्त्रीले भने– रेल आउँछ भन्दा उडाउनेलाई रेलमै गुडाइदिने छौं




सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मुलुकको विकास निर्माण युद्धस्तरमा भइरहेकाले शंका नगर्न आग्रह गर्नुभएको छ ।

सरकारले भनेअनुसार पाँच बर्षभित्र चमत्कार गरेरै देखाउने पनि उहाँले बताउनुभयो ।

दाङको हेमन्तपुरबाट शुक्रवारदेखि शुरु भएको रेडियो नेपालको प्रादेशिक प्रसारणको उद्घाटन गर्दै उहाँले नेपालमा रेल गुडाएर छाड्ने दाबी गर्नुभयो ।

‘हामीले रेल चलाउँछौं भन्दा धेरैले उडाए तर रेलको कुरा गर्दा उडाउनेलाई हामी रेलमा गुडाएरै छाड्ने छौं ।’ अनि बल्ल कम्युनिष्ट सरकारको चत्कार देख्ने पनि उहाँले बताउनुभयो ।

दाङको हेमन्तपुरमा बन्ने भवनको शिलान्यास पनि शुक्रवार नै सञ्चार तथा प्रविधिमन्त्री बास्कोटाले गर्नुभएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले निकै मेहनतका साथ रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दाङमा आएको भन्दै यो ठूलो सम्पत्ति भएको बताउनुभयो ।

दाङबासीको जोडबलका कारण तत्कालीन सञ्चारमन्त्री राम कार्कीले प्रादेशिक प्रसारण केन्द्र दाङमा राख्ने निर्णय गरेको र त्यसमा सहमति जनाउँदै तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले दुइ करोड बजेट छुट्याइदिएकाले भवन निर्माण शुरु गर्न संभव भएको बताउनुभयो ।

कार्यक्रममा सांसदहरु हिराचन्द्र केसी, शान्ता चौधरी र कोमल ओली, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, कांग्रेसका जिल्ला सदस्य जोगेन्द्र बिश्वकर्मा, पत्रकार सूर्य थापा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शुभकामना दिनुभएको थियो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन रेडियोका प्रदेश प्रमुख गोकर्ण रेग्मीले गर्नुभएको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ दाङले गरेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नीति नरहेको बताउनुभयो ।

Facebook Comments