• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिटिल च्याम्पको उपाधि बालकलाकार पिञ्जुलाई




कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वाेत्कृष्ट भएकी छन् ।

प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री कल्पना श्रेष्ठ हुुनुहुन्थ्यो ।
बालअधिकारबारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् ।

लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् ।

जनवादी गायिका प्रगति महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी हुन् ।

नौ वर्षीया पिन्जु भानुभक्त मेमोरियल पानीपोखरी, काठमाण्डौंमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ ।

Facebook Comments