• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न मुख्यमन्त्रीले चाले यस्तो कदम




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल निगमलाई आग्रह गर्नुभएको छ । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलको टोलीसंग मुख्यमन्त्री कार्यालयमा शुक्रवार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपुर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको वताउनुभयो ।

भेटवार्तामा निगमको टोलीले पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाको लागि जग्गा प्राप्तीको समस्या रहेको भन्दै सहजीकरणका लागि मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थियो । जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा समेत ढुवानी गर्न सहज हुने गरि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने भन्दै जग्गा प्राप्तीको लागि आफुले संघीय सरकारसंग पहल गर्ने वताउनुभयो ।

टोलीसंगको भेटवार्ताकै विचमा मुख्यमन्त्री शाहीले उद्योग, वाणीज्य तथा आपुर्ती मन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तीको फाईल अगाडि वढाईदिन समेत आग्रह गर्नुभयो ।

भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहीले केन्द्र सरकारले आयात व्यवस्थापन गर्ने र प्रदेश सरकारले वितरणको व्यवस्थापन गर्ने नीति वनाउन आवश्यक रहेको पनि वताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताहरुको अवस्था हेरी अनुदान दिने व्यवस्था गर्न यस्तो नीति आवश्यक रहेको वताउनुभयो । ‘अहिले सवै खाले उपभोक्ताले एकै खालको अनुदान सुविधा पाईरहेका छन् ।’

मुख्यमन्त्री शाहीले भन्नुभयो – ‘साधारण घरेलु उपभोक्ता, किसान र विद्यार्थीलाई दिईने अनुदान र व्यवसायिक उपभोक्ताहरुलाई दिईने अनुदान फरक फरक हुन आवश्यक छ ।’

आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी, भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर वन्नुपर्ने वताउनुभयो ।

भेटवार्तामा पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलका सदस्य विमल प्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेको सहभागिता रहेको थियो ।

Facebook Comments