• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व वातावरण दिवसमा महिलाहरुको भाषण प्रतियोगिता




पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा घोराही उपमहानगरपालिका २ बुकामा महिलाहरुबीच वक्तृत्वकला प्रतियोगिता भएको छ ।

पर्यावरण संरक्षणको क्षेत्रमा जुटेका महिलाको नेतृत्व विकासका लागि यो कार्यक्रम गरिएको हो ।

जसमा राधा पाण्डे प्रथम, देवका पाण्डे द्धितीय, रुक्मिणा घिमिरे र गोमा जीएम तृतीय भएका छन् । उनीहरुलाई नगद पुस्कार प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा निर्णायक शिक्षक बुद्धि धिताल र पत्रकार नरेन्द्र केसी रहनुभएको थियो ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता र घोराही २ का वडा अध्यक्ष केशवराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र लामिछानेले गर्नुभएको थियो ।

सो अवसरमा बुकामा अर्गानिक खेती गर्ने १ सय ९ जनालाइ काँक्राको बीउ निशुल्क वितरण गरिएको थियो ।

Facebook Comments