• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यार्सा संकलनमा गएका एकको मृत्यु




यार्सा संकलनका लागि डोल्पा गएका रुकुम पश्चिमका एक युवकको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका ९ गीजाका ३५ बर्षीय कृष्ण बहादुर शाहीको लेक लागेर मृत्यु भएको हो ।

शाहीको उपल्लो डोल्पाको ताक्सी पाटनमा सोमबार बिहान लेख लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यलय आठबिसकोटका प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

शाही केहि दिन अगाडि यार्सा टिप्न यार्सा पाटनमा जानु भएको थियो । भौगोलिक बिकटताका कारण शाहिको शव घर ल्याउन नसकिने भएकाले डोल्पामै अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

यसैविच यार्सा पाटनमा अत्याधिक मात्रामा हिँउ भएकाले सर्वसाधारणहरु लेक लागेर धमाधम विरामी भैरहेका छन । यार्सा पाटनमा अहिले सम्म ६ जनाको ज्यान गैसेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नाएव उपरिक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।।

गिजागाड लघुजलविद्युतको आयव्यय सार्वजनिक÷विद्युत महशुलमा नयाँ शुल्क निर्धारण ।।

Facebook Comments