• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सूचना प्रबिधिमा नयाँ रेडर्क, हिल्सामा पुग्यो इन्टरनेट




नेपाल दूरसंचार प्राधिकरण र वल्र्डलिंक कम्युनिकेशनले सूचना प्रबिधिमा नया रेकर्ड कायम गरेका छन् ।

अहिलेसम्मकै उच्च भूभाग ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको हिल्सा नाकामा इन्टरनेटको टावर स्थापना गरिएको छ ।

‘वल्र्डलिंक कम्युनिकेशन प्रालि कर्णाली प्रोजेक्टले नयाँ मुकाम हासिल गरेको छ, नेपाल टेलिकम पुग्न नसकेको हामी पुगेका छौं’ कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमुख राजेन्द्र बिष्टले भन्नुभयो–‘ नेपालको शिर भनेर चिनिने जिल्ला हुम्लाको अन्तिम नामखा गाउँपालिकाअन्तर्गतसमुद्र सतहदेखि ४६५० मिटरको उचाइँमा टावर निर्माण गरेर हाम्रो सेव लाई हिल्सा नाकासम्म लैजान सफल भएका छौं ।’

अब नेपालको अन्तिम गाउँ लिमी जान थोरै मात्र बाँकी छ ।

‘भारतीय पर्यटकहरु ले मानसरोबर यात्रा गर्दा हाम्रो इन्टरनेट सेवाबाट कम्मुनिकेशन गर्नसक्ने छन्, सँगै हुम्लाको हिल्साबासीले पनि हाम्रो सेवाबाट भिडिया कललगायतका सेवा लिन पाउने छन्’– उहाँले भन्नुभयो ।

Facebook Comments