• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोटरसाइकल चोरेर ओढारमुनि लुकाउने दुइ जना पक्राउ




रुकुम पश्चिममा चोरी गरेको पल्सर मोटरसाइकल सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका ६ डाङडुङ्गेका २२ वर्षीय मुकेश रावल र १९ वर्षीय बसन्त रावललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गत जेठ ९ गते राति जिल्लाको त्रिवेणी गाउँपालिका ६ माथिल्लो खाराका मनबहादुर घर्ती मगरको भे ८ प ९४१ नम्बरको मोटरसाइकल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

पार्किङ गरि राखेको पल्सर मोटरसाइकल चोरी गरेर ओढारमुनी लुकाएर राखेको अवस्थामा बसन्तलाई गत १३ गते र मुकेशलाई १९ गते पक्राउ गरिएको डिएसपि खड्काको भनाई छ । मोटरसाइकल हराएको जानकारी आएपछि विशेष अनुसन्धान टोलीले ओढारमुनी लुकाएको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Facebook Comments