• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुबिधा सम्पन्न हामस्टे बन्दै




रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको वडा नम्वर ३ मा सुबिधा सम्पन्न होमस्टे निर्माणको कार्य सुरु भएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख लागतमा उक्त होमस्टे बन्न लागेको हो ।

बाँफिकोट गाउँपालिकाको वडा नम्वर ५ र ३ को बिचमा पर्ने स्यार्पुतालको छेउमा सुबिधा सम्पन्न होमस्टेनिर्माण भैरहेको छ । यहि आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरि निर्माण सुरु गरिएको वडा नम्वर ३ का अध्यक्ष चन्द्र बहादुर केसीले बताउनुभयो ।

सभाहल, एटेचसहितका तिन ओटा कोठा, अन्य २ ओटा कोठा, भान्सा, सौचालय, बैगैचा, प्रतिक्षालय सहितको आधुनिक होमस्टे निर्माण हुदै छ । होमस्टे निर्माणको जिम्मा जिल्ला धनमाया प्रतिष्ठानले लिएको बताइएको छ ।।

Facebook Comments