• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डिभिजन वनले थाल्यो फोहरको स्रोत वर्गीकरण अभियान, फोहर संकलन गर्ने बाल्टिन बितरण




डिभिजन वन कार्यालय दाङले फोहरलाई स्रोतमा नै बर्गिकरण गरी ब्यवस्थाप गर्ने अभियान थालेको छ ।

कार्यक्रम अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं १५ मा सार्वजनिक स्थल, गाउँनगर सरसफाइ कार्यक्रम अन्र्तगत आइतवार बिहान गौतम बुद्ध टोल बिकास संस्था अन्र्तगतका टोलमा सरसफाइ गरिएको छ ।

सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, उपमहानगरपालिकाको सरसफाई शाखका प्रमुख प्रेम केसी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख धरणिधर चौधरी, कार्यालयका कर्मचारी, टोल बिकास संस्थाका पदाधिकारी, स्थानीयबासी लगायतकाको सहभागिता रहेको थियो ।

यसैबिच शहरलाई सफा राख्नका लागि डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १५ को गौतम बुद्ध टोल बिकास संस्थालाई एक सय वटा बाल्टि बितरण गरेको छ । करिव ४० हजार मूल्य बराबरको फोहर संकलन गर्ने बाल्टिन सामान स्थानीय टोल बिकास संस्थालाई बितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो ।

फोहोर संकलन गर्नका लागि ती वाल्टिन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख धरणीधर चौधरीले टोलबिकास संस्थाका अध्यक्ष मिनराज घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो कार्यक्रममा बोल्दै टोल बिकास संस्थाका अध्यक्ष घिमिरेले आफ्नो टोलको फोहोर अरु आएर उठाइदिनुपर्ने प्रबृत्ति अव अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुुभयो ।

Facebook Comments