• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यार्सा टिप्न गएका तीनको मृत्यु




जाजरकोट, डोल्पा र रुकुम पूर्वलगायत जिल्लाका पाटनमा यार्सा टिप्न सुरू भएको छ ।

गाउँ नै खाली गरेर पाटन पुगेकामध्ये केही लेक लागेर बिरामी भएका छन्, केहीको मृत्युसमेत भएको छ । हिउँ नपग्लिएकाले धेरै ठाउँमा यार्सा संकलन प्रभावित हुन थालेको छ ।

जाजरकोट र डोल्पामा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । दुई जनाको लेक लागेर र एक जनाको भीरबाट खसेर ज्यान गएको हो ।

डोल्पाको फूलबारी पाटनमा गएका जाजरकोट, बारेकोटका कृष्ण नेपाली र रमेश चलाउनेको लेक लागेर शनिबार मृत्यु भएको डोल्पास्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्मले जनाएको छ । मृतक दुवैको उमेर १८ वर्ष छ । यार्सा संकलन गर्न पाटनमा चढदै गर्दा उनीहरूलाई शुक्रबार लेक लागेको थियो । उपचारका लागि शे–फोक्सुन्डो ल्याउने क्रममा चलाउनेको बाटोमै र नेपालीको उपचारक्रममा शनिबार बिहान मृत्यु भएको गुल्मका क्याप्टेन कुमार थापाले बताए ।

त्यसैगरी, यार्सा टिप्न जाँदै गर्दा भीरबाट लडेर डोल्पा, ठूलीभेरी नगरपालिका–११ की बुद्धि कार्कीको मृत्यु भएको छ ।

३८ वर्षीया कार्की बिहीबार दुना पाटनबाट रमाना जाने क्रममा भीरबाट खसेको ठूलीभेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिए । कार्कीको शव भीरबाट करिब२ सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले बताए ।

Facebook Comments