• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका नेता पदम राइ सत्तारुढ नेकपामा




नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताउनु भएको छ । विप्लव समुह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गर्नुभएका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’

अध्यक्षले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउनुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं ।’जस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्याय सहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको अध्यक्षको भनाई थियो ।

विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने बताउनुभयो । जनयुद्धकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

Facebook Comments