• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकाद्वारा लिखित सुझाब संकलन




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७६७ को योजना तर्जुमा तथा पूर्व बजेट विनियोजन सम्बन्धि बृहत रुपमा लिखित तथा मौखिक सुझाब संकलन गरेको छ ।

गाउँपालिका भित्रका शिक्षक, बुद्धिजीवी, राजनैतिक दल, लिक्षत वर्ग तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहभागितामा सुझाब संकलन गरिएको हो ।

गाउँपालिकाले विकास निर्माणका प्राथमिकरण, आगामी योजनामा राख्नुपर्ने ठुला तथा साना योजनाहरु आवश्यकताका आधारहरु, स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले गर्नुपर्ने विकास निर्माणका योजना कुन कुन राख्न सकिन्छ भन्ने विषयमा लिखित रुपमा सुझाव सकंलन गरिएको छ ।

सुझाब संकलन कार्यक्रममा सहभागीहरुले सानिभेरी गाउँपालिकाले लिखित रुपमा सुझाब संकलन गरेर महत्वपूर्ण कार्य गरेको बातए । अन्य स्थानिय तहले मौखिक रुपमा गुनासो तथा सुझाब संकलन गरेता पनि फारामको बिकास गरि लिखित रुपमा सुझाब संलन गरेको सानीभेरी गाउँपालिका पहिलो रहेको कार्यक्रममा मौखिक सुझाब दिने बक्ताहरुले बताए ।

सुझाब संकलन कार्यले सानीभेरी गाउँपालिकालाई योजना तथा बजेट निर्माण र कार्यान्वयमा महत्वपूर्ण सहयोग गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनु भयो, उहाँले भन्नु भयो हामी तपाईहरुले दिएको लिखित तथा मौखिक सुझाबलाई एकिकृत गरेर कार्यपालिकामा लिई लिपिबद्ध गर्ने र त्यसै अनुरुप योजना तथा बजेट निर्माण गर्नेछौं ।

सानीभेरी गाउँपालिका वडा नं ७ को सहिद स्मृति भवन छोटेबगरको हलमा भएको बृहत सुझाब संकलन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गर्नुभएको थियो भने ।

कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्लले गर्नुभएको थियो ।

कार्यक्रममा राजनैनिक दलका प्रतिनिधिहरु, गाउँपालिका भित्रका ४५ वटा विद्यालयका प्रधानाध्याकहरु, बुद्धिजीवी, महिला, युवा, गाउँपालिकाभित्र क्रियाशिल विभिन्न संघ सस्थाहरुका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments