• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा कटौतिको बिरोध गर्दै स्वयंसेविका सडकमा




स्वास्थ्य स्वयमसेविकाहरुले घोराहीमा प्रर्दशन गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिसँगै राप्तीका सर्वसाधारणहरुले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुुको साटो स्वास्थ्य उपचारको नाममा आर्थिक व्ययभारसँगै झन्झट व्यहोर्नुु परिरहेकाले तत्काल नागरिकको स्वस्थ्य उपचारप्रति गम्भीर ह्ुन माग गर्दै प्रर्दशन गरिएको छ ।

महिला स्वास्थ्य स्वयमसेविका समुह दाङको आयोजनामा प्रर्दशन गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा दिनप्रतिदिन खस्कीदै गइरहेको, पोषण पुुनःस्थापना गृह बन्द हुुदा कुुपोषित बालबालिकाहरु पोषण उपचार सेवाबाट बञ्चित हुुनुु परेको , दाताहरुको सहयोगमा निर्मित क्षयरोग उपचार केन्द्रलाई सेवाका लागि भवन प्रयोग गर्न नदिएको, निशुल्क आमा सुरक्षाका कार्यक्रम सशुुल्क बनाएको, प्रतिष्ठानमा कार्यरत सरकारी कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्ने उचित वातावरणको निर्माण हुुन नसकेको लगायतका कारण स्वास्थ्य उपचार सेवाबाट नागरिक बिमुख हुुन परिरहेको आरोप लगाउदै प्रर्दशन गरिएको समुुहकी अध्इक्ष बिष्णु् भण्डारीले बताउनुुभयो ।

प्रतिष्ठानमा उपचार सेवाको अवस्था नाजुक, भारी मुुल्य बृद्धि र निशुल्क कार्यक्रमहरु बन्द हुुदा गरिव विपन्न सर्वसाधरण सेवा बाट बञ्चित हुुन परिरहकाले तत्काल समस्याको समाधान खोज्न आग्रह गरिएको छ । लक्षित वर्ग समुदायलाई राज्यले दिदै आइरहेको निुशुल्क उपचार सेवा तथा सुविधालाई कटौती गरी नाफामुलक संस्थाका रुपमा प्रतिष्ठान अघि बढेकाले राज्यले विपन्नको पहँुुच बाहिर रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

समुहले प्रर्दशन पछि प्रमुख जिल्ला अधिकारी मार्फत संघीय संसदका सभामुुख, स्वास्थ्य मन्त्रालय मुख्यमन्त्रीको कार्यालय प्रदेश नंं ५ र दाङका सम्पूर्ण संसदहरुमा पठाएको छ ।

Facebook Comments