• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न नौ स्थानमा विप्लव नेकपाको श्रद्धाञ्जलीसभा




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङ लगायत देशका विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जेठ ७ गते भोजपुरमा प्रहरीले गोली प्रहार हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाउने महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले श्रद्धाञ्जली सभा सम्पन्न गरिएको बताइएको छ ।

यसैअन्तर्गत दाङका ९ वटा एरियामा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् । दाङको १ नम्बर एरियाको राजपुर, २ नम्बरको गढवा, ३ नम्बर एरियाको राप्तीगाउँपालिका, ४ नम्बर एरिया लमहीमा, ५ नम्बर एरिया, ६ नम्बर एरियाको घोराही, ७ नम्बरको ढिकपुरमा, ८ नम्बरको बिजौरीमा, ९ नम्बर एरियाको तुलसीपुरमा श्रद्धाञ्जली सभा गरिएको छ ।

९ नम्बरको एरियामा भएको श्रद्धाञ्जली सभामा अनिल, राजपुरमा भएको कार्यक्रममा ब्यूरो सदस्य मिसन र १ नम्बर एरिया इन्चार्ज महान बोहरा, १ नम्बर एरिया सेक्रेटरी सुर्य यादव, लमहीमा भएको कार्यक्रममा पार्टीका ४ नम्बर यरिया इन्चार्ज एकराज चौधरी, ४ नम्बर यरिया सेक्रेटरी सुरज परियार, ८ नम्बर एरियाको बिजौरीमा भएको कार्यक्रममा ब्युरो सदस्य सुन्दर, एरिया सेक्रेटरी पोषण, ७ नम्बर एरियाको कार्यक्रममा अविशेष, ६ नम्बरको सभामा जनक लगायतले बोल्नुभएको छ ।

यस्तै ३ नम्वर एरियाको श्रद्धाञ्जली कार्यक्रम राप्तिगाउपालिकाको कार्यक्रम एरिया इन्चार्ज भिमप्रकाशको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य ओम प्रकासको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमको सहजिकरण एरिया सेक्रेटेरी निरन्तर गर्नुभयो । उक्त अबसरमा वडा नम्वर ९ मा ९ सदस्यीय सेल समिति पनि गठन भयो ।

Facebook Comments