इतिहासका पाना पल्टाउँदा कुनै समय थियो । मत्युपनि सामान्य घटना लाग्थ्याें । आज नपत्याउँदा जस्ताबन्न गएकाछन यर्थाथताका ती कथा खेलहरु । म जनयुद्धमा पूर्ण सर्मपित युद्ध पत्रकार हुँ । म पत्रकारितामा हातहाल्दा १८ बर्षको थिए । समाजमा भएको विभेद् र असमानताका विरुद्ध जाग्नुपर्छ भन्ने चेत निर्माण गरिसकेको थिए । क्याम्पस पढ्दाको विद्यार्थी । विद्यार्थी संगठनमा जोडिदै म जनयुद्धको यात्रातिर मोडिएको थिए ।
२०५५ मा म जनउभार साप्ताहिक पत्रिकासँग जोडिए। अग्रजहरुले प्रकाशन थालेको त्योे पत्रिका जनयुद्धको समर्थनमामा थियो । पत्रिकामा मैले स–साना कविताहरु प्रकासित गदै समाचार लेख्न सिक्दै थिए । मेरो पत्रकारिताको पहिलो गुरुनरबहादुर अधिकारी हुनुहुन्छ । उहाँले आफसँग राखेर मलाई यो क्षेत्रमा लाग्न इच्छुक बनाउनु भएको हो । जनयुद्धमा मेरा भूमिकाका पाटाहरु धेरै भए । र मेरा आर्दशक गुरुहरु पनि धेरै छन । यहाँ मैलै पत्रकारिता क्षेत्रको विषयलाई मात्र उजागर गर्न खोजेको छु ।
जनयुद्ध विस्तार हुँदैं अघि बढिरहेको थियो । फौजी आक्रमणहरु चलिरहेका थिए । म युद्ध स्थलमा पत्रिका पु¥याउने हकरको रुपमा काम गदैं थिए ।हरेक हप्ता पत्रिकाको भारी बोकेर सल्यानको गर्पा र प्युठानको लख्नाटारसम्म म पुग्ने गर्थे । त्यो मेरोे नियमितको काम हुन्थ्यो ।मैले घोराहीबाट बोकेर त्यहाँ पुरयाएको पत्रिका रोल्पा,रुकुम,सल्यान र प्युठानका गाउँ, पार्टी पंतिm र छापामार कहाँ पुग्ने गथ्यो ।पत्रिका बजारमा निस्कन्थ्यो तर पु¥याउनुपर्ने ठाउँमा भने भूमिगत तरिका अपनाउनुपथ्र्यो ।
विद्यार्थी जीवन छाडेर आँधीरातमा पत्रिकाको भारी बोक्दै उकालो पहाड चढ्ेका ती दिनसाँच्चिकैका अस्मिरणिय छन । हो, सपनाहरु जागेपछिअप्ठ्यारा र अवरोधहरु आफैपन्छिए जस्तो लाग्दोरहेछ । दुःखमा पनि कता,कता आनन्दको अनुभूति हुँदोरहेछ। म जनयुद्ध प्रति आस्थावानत थिए तर छापामार देखेको थिएन । मनमा तिव्र अभिलाषा चुलिएको थियो छापामार देख्ने । त्यतिवेलाजनमुतिm सेनाभनेर नामाकरण गरिएको थिएन ।
०५५ या ०५६ को मंसिरतिर हुनुपर्छ । म र एकजना साथी सहित त्यहि पत्रिकाको भारी बोकेर गर्पाको सम्र्पक स्थानमा पुगेका थियौं । रातपरिसकेको थियो । त्यहि पत्रिका छोड्ने सम्र्पक घरमा सुत्यौं । बिहानै घोराहीदेखिपत्रिकाको भारीसँग हिड्ेको थकानले गहिरो निद्रा परिएको रहेछ । मध्यरातमा एक तालको जुत्ताको आवाजले मुटु हल्लाउँदै निद्रा व्यूझियो ।सँगैको साथी झन काप्न थाल्योे । सरकारी सेना आयो अब घरभित्र पसेर मार्छ भन्ने भयो । अब मरिने भयो भय उत्कर्ष पुगेकोथियो । विस्तारै जुत्ताको आवाज बन्द भयो ।
अलिकति सास आयो सेना घर नखोलेर गयो,अब बाँचिने भयो भनेर । तिनीहरु छापामार होलान भनेर अलिकति पनि हेक्का हामीलाई भएन । विहान हेर्दा त गाउँभरी छापामारको दस्ता । त्यो पनि झिम्पे टावरमा लडाई खेलेर आएको छापामारको पल्टन देख्दा आधारात पछिको त्रास एकाएक खुसीमा परिणत भएको थियो । पहिलोपटक छापामार र लड्ेर ल्याएको हतियार एकसाथ देख्न,छुन र अनुभूत गर्न पाइएको त्यो क्षण आज पनि मेरो प्रतिविम्बमा जीवित छ । त्यहि देखिएका दृष्यलेहरुको चित्र आँखाभित्र र्कोदै धेरै,धेरै कविता र विम्वात्मक आलेखहरु मैले त्यतिवेला लेखेको छु ।
युद्धका वेलाको सबै कुरालाई यहाँ थारै शब्दमा उतार्न सम्भव छैन । माथि मैले मेरो युद्धपत्रकारिताको प्रारम्भिक पाटोलाई मात्र जोडेको हुँ । जतिवेला घोराहीबाट प्रकासित हुने जनउभार बन्द भयो । हामी भूमिगत हुने अवस्था आयो । देशभर जनपक्षिय पत्रकारहरुको संख्या पनि बढ्दो अवस्थामा थियो । आ–आफनो ठाउँमा रहि जे स्रोत,साधन हुन्छ त्यसलाई प्रयोग गरेर प्रचारको काम गर्ने भन्ने पत्रकार केन्द्रको नेटवर्किङबाट निर्देशन भए अनुसार भूमिगत रुपमा पत्रकारिताकोथालिएको थियो । त्यतिवेला दाङबाटै फोटोपेपरमा माष्टरहेड र पत्रिकाको जस्तो कोलम तयार पारेर łहाम्रो आव्हान भन्ने पत्रिका हातले लेखेर फोटो कपि गरी गाउँ,गाउँमा पठाएका थियौं ।
८ पेजको पत्रिका राम्रा अक्षर भएका साथीहरुलाई खोजी भूमिगत सेल्टरहरुमा रातभर,रातभर लेखेर फेरी अर्को दिन अर्को सेल्टरमा बस्दै पत्रिका तयार पाथ्र्यो र गोप्य तरिकाले फोटोकपि गर्न बजार पठाइन्थ्र्यो र सम्र्पक प्वाइन्टहरुमा वितरणका लागि पठाइन्थ्यो । त्यो पत्रिकाका लागि ४ जनाको सम्पादक टिम हुन्थ्यो । एकजना व्यवस्थापक जसले पत्रिका फोटोकपि गर्ने ठाउँमा पु¥याउने,ल्याउने र वितरण गर्नेको सम्र्पक मिलाउथ्र्यो भने सम्पादकले डिजाइन,लेख, समाचारहरुको छनोट काट्छाट गथ्र्यो भने एकजनाले कोलम तयारपार्ने र अर्कोले लेख्ने काम गथ्यौं । त्यो हस्तलिखित पत्रिकाको सम्पादक भएर मैले केही समय चलाए । उतिवेला मैले त्यो पत्रिका निकाल्दाको अनुभूति मेरो पत्रकारिता जीवनको बेल्लै पाटो बन्न पुगेको छ ।
संकटकालपछि स्थिति झन भयावह बन्दै गएको थियो । हामी कामको विशिष्टता भित्रको आवश्यकतामा गतिसिल भएर चल्नुपर्ने र आफनो जिम्मेवारीमा पुरा गर्नुपथ्र्र्यो । त्यतिवेलाराज्यको एकोहोरो प्रचार बढि थियो । सामूहिक हत्या,बलात्कार र आगजनीका घटना लुकाइन्थे । यर्थातता हामी आफैले देखिरहेका हुन्थ्यौ तर त्यसलाई चिर्ने हामीसँग कुनै संन्चार माध्याम हुन्नथ्यो ।
त्यतिवेला भारतको तुल्सीपुर,लख्नउसम्म गएर पर्चा र बुलेटिन निकाली रोल्पा,रुकुमका गाउँसम्म पु¥याएको पत्रकारिताको अर्को वेल्लै अनुभूतिको पाटो मसँग रहेको छ । २०५८ सालमा हो म पहिलोपटक नाकाका बस्तीहरुमा पुगेको । त्यहाँ बसेर भारतको तुल्सीपुरबाट म एक्लैले राज्यले रोल्पा,रुकुम,प्युठान,सल्यान र दाङमा भए,गरेका ज्याजतीका घटनाको तथ्य सहितका पर्चा तयार पारेरबोकेर नाकाको सेल्टरमा ल्याई जिल्लाहरुमा पढाउने काम गरिन्थ्यो ।
म उतिवेला नाकाका बस्तीमा ९/१० महिना बसेको छु । साँच्चिकै आजका दिनआउँनमा त्यहाँका जनताको खेलेको भूमिका धेरै माथिको छ । तर आज उनीहरुको जीवनमा केही परिवर्तन आयो कि आएन यो भने नेताहरुले बुभ्नुपर्ने प्रश्न रहेको छ ।
खास युद्ध पत्रकारिताको अनुभव फौजी आक्रमणमा पुग्दा भयो । म ६९ तिर जनसेनाको भित्रको प्रचार कमानमा थिए । त्यतिवेला्सम्म देशभर युद्ध पत्रकारिताकाविषयमा तालिम,प्रशिक्षण चल्न थालेका थिए । र हरेक कमानभित्र पत्रकारको नेतृत्वटिम खडा गराइएकोे थियो ।त्यतिवेला हामीले मनोवैज्ञानिक प्रचारयुद्धका सामाग्रीहरु अध्ययन गर्नुपथ्र्यो ।
मनोवैज्ञानिक युद्धको प्रयोग अमेरिकाले भियतनाममा सबैभन्दा बढी गरेको थियो । यहाँपनि नभएका घटनाद्धाराप्रचार आक्रमणगरी विद्रोहीको मनोवल कमजोर बनाउने शैली सरकारले अपनाएको थियो । त्यसको प्रतिवाद सही तरिकाले दिनपनि युद्धभित्रका पत्रकारलाई देशभर एकैतरिका र एकै कमाडबाट परिचालन गरिएको थियो । त्यहि प्रचारको आवश्यकतालाई बोधगरी माओवादीले त्यतिवेला एफएम रेडियो ल्याएको थियो । हरेक व्रिगेडभित्र एकजना जिम्मेवार पत्रकार मातहतमा हरेक बटालियनसम्म रिपोटिङ पत्रकार राखिएको थियो ।
लडाईका मोर्चाहरुमा विग्रेडहरु केन्द्रित डिभिजन फर्मेशनमा युद्ध पत्रकारहरुका बीच पनि सूचना आदानप्रदान हुन्थ्यो । खासगरी फौजी मोर्चामा पुग्ने पत्रकारले सैन्य तालिम, हतियारहरुका नाम र न्युनतम एस,एल,आरसम्मका हतियारहरुका गोली लोड गर्न र झिक्न जानेको हुनुपर्ने, सैन्य फर्मेशन बारेको जानकारी र युद्धका वेला बोलिने कोड भाषा अनिवार्य जानेको हुनुपर्छ । युद्धलाई सचित्र उतार्ने रिलवाला क्यामेरा र आवाज रेकर्ड गर्ने वाकमेन भन्दा बढी संन्चार सामाग्री हामीसँग केही हुन्नथ्यो । हामीले संकलन गरेका रिपोट सामाग्री जे जति तयार पारिन्थ्यो त्यो रेडियोमा पठाउने र बुलेटिन निकालिन्थ्यो ।
तयार सबै रिपोट,समाचार रेकर्ड, क्यामराका रिल सामाग्री सैन्य कार्यालयमा संकलन गरेर राख्नुपर्दथ्यो । हामीले संकलन गरेका समाचार, रिपोट, प्रचार सामाग्री र फोटाहरु जनसेनाले आधिकारिक दस्तावेजका लागि फाइलिङ हुने गर्थे । युद्ध चलिरहेको ठाउँमा आन्तरिक सूचना केन्द्र रहन्थ्यो । त्यहिनै युद्ध पत्रकारहरु सुरक्षित भएर सूचना जानकारी लिने, रेकर्ड गर्ने र पहुँच भएको ठाउँमा रेडियोमा लाइफ गर्ने गरिथ्यो । जस्तो खारा आक्रमणको १ घण्टाभित्र मैले रेडियो जनगणतन्त्रमा लडाई चलिरहेको आवाज सहित घटना विवरण स्टुडियोमा सचिन रोका मार्फत लाइफ प्रशारण गरेको थिए ।
सैन्य क्षेत्र धेरै नियम र अनुशासन भित्र बाँधिएको हुन्छ । जस्तो लडाइबाट घाइते भएका योद्धाहरुसँग बाटोमा हामी कुनै कुराकानी वा लडाईको प्रतिकृया लिन पाइदैनथ्यो । निश्चत गन्तव्यमा पुगपछि मात्र कुराकानी अन्र्तवार्ता गर्न पाइन्थ्यो । त्यस्तै युद्धमा कव्जा भएका सेना,प्रहरी वा अफिसरहरुलाई आफनो साथमा हिडालीराख्दा रातभर लडेका दुबैपक्ष बीच आक्रमक आवेक बाँकी राख्ने हुँदा उनीहरुलाई सकभर हतियार नभएका सिभल मान्छेहरुसँग हिडाल्ने नियम थियो ।
जस्तो बेनीमा कब्जामा परेका सिडियो सागरमणि पराजुली सहित डिएसपीको टोलीलाई जनसेनाले युद्धमा कार्यरत पत्रकारहरुसँग हिड्ने व्यवस्था मिलाइदिएको थियो । जसका कारण उनीहरुलाई बोल्न र हामीहरुलाई उनीहरुको कुरा रेकर्ड गर्ने राम्रो अवसर पाइएको थियो ।वेनीको लडाई ठुलो र लामो हिडाईको थियो । रातभरको लडाई लडेर विहान हेलिकप्टरको हवाई आक्रमणलाई छल्दै पहाडै,पहाडको बाटो भोग,प्यास,निन्द्रा,थकान ओहो ! आजभोलि आफै अचम्ममा परिन्छ । वेनी आक्रमणबाट फर्कदै गर्दा दरवाङ यता हेलिकप्टरको तिव्र आक्रमण चलिरहेकै थियो ।
जनसेनाहरु आ,आफनो बाटो लुक्दै,छिप्दै र हेलिकप्टरलाई आक्रमण गदै अघि बढिरहेका थिए । अहिले उपराष्ट्रपति कमाण्डर पासाङ सहित हामी १०÷१५ जनाको टोली हवाई आक्रमणबाट छल्लिदै अघि बढिरहेका थियौं । उसले माथिबाट गरेको आक्रमणले हिडिरहेका एकजना जनसेनालाई ठाउँमै ढालिदियो । आक्रमण बढेको छ । पछाडीको एकजना साथी ढलेको छ । पासाङसहित हामी सबै जङ्लमा रुखको कभरमा बस्यौं । हेलिकप्टर फर्केर फेरि आक्रमण गर्न थाल्यो । त्यतिकैमा पासाङले आफनो अङ्रक्षकसँग भएको एम,सिष्टिङहतियार खोसेर हेलिकप्टर माथि फायरिङ गर्नु भयो । हेलिकप्टर तिव्रगतिमा आकासिदै टाढा भयो ।
त्यतिकैमा बाटोमा रहेको त्यो शव उठाई जङ्गलमा साथमा रहेको एउटा कोदालोले ४ मिनेटमा खाल्टो खनि १ मिनेट श्रद्धान्जली दिएर २ मिनेट भित्र शव खाल्टोमा राखि माटोले पुरेर हिड्नै लाग्दा फेरि हेलिकप्टर फर्केर आक्रमण गर्न थालिहाल्यो । हामी लुक्दै अघि बढ्दै गन्तव्यमा पुगेका थियौं । त्यो घटनाले अहिले पनि मलाई रुवाइराख्छ । त्यो १० मिनेटभित्रमा एकजना साथी हामीसँगै हिड्दै थियो, २ मिनेटमा ऊ मृत्युमा परिणत भयो अनि ७ मिनेट भित्रमा उसलाई हामीले माटोमुनि पुरेर हिड्यौं । युद्ध कति गतिसिल,घटना कस्तो तिव्र अनि कति छिटा हाम्रो समवेदना स्वाभाविकता परिणत गर्नुपर्ने बाध्यता । आँशुका थोपा खसाल्नेसम्म समय नहुँने एकदमै निर्मम हो युद्ध । त्यो मृत्युलाई नजिक पुगेर नियालेको घटनाले अहिले पनि मेरोमुटुलाई हल्लाउने गर्छ ।
२०६१ तिर रोल्पाबाट जनादेशको मध्यपश्चिमसंस्करण निस्कन थाल्यो । हिरामणि दुःखीको सहायक भएर म फेरि पत्रिकाको टेवुलमा रहि काम गर्न थाले । पत्रिकाको प्रेस रोल्पामै थियो । लुकेर काम गर्नुपर्ने । गाउँमा सेना पस्दा प्रेस खोलेर जङ्गलमा लुकाउनुपर्ने अवस्थाबाट पनि पत्रिका निकाल्दै सबै जिल्लाहरुमा पु¥याउने काम गरिन्थ्यो । माओवादीका शिर्ष नेताहरुको लेख,अन्र्तवार्ता र समाचार तयार पार्दा धेरै नेताहरुसँग बसेर कुराकानी गर्ने अवसर पनि त्यतिवेला पाइएको थियो ।
जनादेशमा काम गर्न थालेपछि विशेषगरी मैले रोल्पा,रुकुममा संल्चालन भएमा जनसतmाले गरेका विकासका काम, जनकम्युन,सहकारी, अस्पताल, शहिद मार्ग सहित जनतासँग जोडिएका समाचार र रिपोटलाई बढी प्रकासित गरेको थिए । २०६२/०६३को आन्दोलन पछि खुल्ला भएर पुनः घोराही बजारमा आएर बन्द रहेको पत्रिकालाई पुनः प्रकासनमा ल्याई साथी बीच युद्धभित्र र बाहिरका अनुभवहरु साट्दै सहकार्यमा अघि बढ्दै आइयो ।
यहाँ युद्ध पत्रकारिताका सबै पक्षको विश्लेषण गर्न असम्भव हुन्छ । यति भन्न सकिन्छ कि युद्ध पत्रकारिता जोखिमभित्र पनि मृत्यु नजिक पुगि समाचार खोज्ने साहसिक खेल हो । त्यहाँ २४ घन्टा आफूलाई एकदमै तयारी अवस्थामा राखिनुपर्छ । आफूलाई मासिक र शारिरीक रुपले बलियो नबनाई युद्धभित्रका भयानक घटनाहरुमा पनि आफूलाई स्वाभाविक बनाउन सकिदैन् । त्यहाँ दृष्टिकोण क्लिएर राखेर सर्मपित रहनुपर्छ । जुनसुकै वेला जे पनि हुन सक्छ । एकछिन पछि मेरो पनि मृत्यु हुन सक्छ भन्ने तयारी अवस्थामा रहेर नै काम गर्नुपरेको मेरो युद्ध यात्रा अवधिभरको अनुभव र अनुभूति रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।