• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा भूमेमा यस्तो छ वडागत जिम्मेवारी




रुकुम (पूर्व) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भूमे गाउँपालिकाले वडा कमिटीको बाँडफाँड टुङ्याएको छ । नेकपा भूमे गाउँपालिका कमिटीको दोस्रो बैठक बसी वडा कमिटीको अध्यक्ष र सचिव पद सहित वडा कमिटीको पदाधिकारी छनोट गरेको छ । कार्यदलले टुङ्ग्याए अनुसार २९ सदस्यीय वडा कमिटीमा पूर्व माओबादी केन्द्रबाट १७ जना र पूर्व एमालेबाट १२ सदस्य रहनुभएको छ ।
पूर्व एमाले र पूर्व माओबादी केन्द्रबीच पार्टी एकताका लागि पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुङ्ग्याइएको हो ।

९ वडा रहेको यस भूमे गाउँपालिकामा ७ पूर्व माओबादी केन्द्र र २ पूर्व एमालेले नेतृत्व पाउने गरी सहमति गरिएको छ ।

अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको बताइएको छ । वडा नम्बर १ र ४ मा पूर्व एमालेको धार र बाँकी वडामा पूर्व माओबादी केन्द्रको धारले नेतृत्व गर्ने छन् ।

वडाको अध्यक्ष र सचिवको नामावली

वडा नम्बर १ मा अध्यक्ष भक्ति पुन सचिव नविन्द्र पुन, २ मा अध्यक्ष सुर्यलाल पुन सचिव मदनकुमाार बुढा, ३ मा अध्यक्ष प्रशुराम बुढा सचिव नरप्रसाद सुनार त्यसैगरी वडा नम्बर ४ मा अध्यक्ष श्यामप्रसाद बुढा सचिव समुन्द्र बुढा, ५ मा अध्यक्ष राजु बुढा सचिव प्रेमाकुमारी बुढा (पुन), ६ मा अध्यक्ष धरेन्द्र केसी सचिव कमल बुढा, ७ मा अध्यक्ष संगम रोका सचिव कुमार सुनार, ८ मा अध्यक्ष ओमे रोका सचिव दुर्गाबहादुर बुढा र वडा नम्बर ९ मा अध्यक्ष गणबहादुर पुन र सचिव मोटीराम डाँगी रहनुभएको छ ।

वडा कमिटीलाई शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम वडागत रुपमै स्थान र समय समेत तोकेको छ । वडा नम्बर ९ बाट सुरु गर्ने भएको हो ।

जसमा गैरीगाउँ जेठ १९ गते, वडा नम्बर ८ मा जेठ २१ गते भुल्ती, ४ र ५ वडामा जेठ २२ गते ४ को लागि साकिम ५ नम्बरको लागि सेराबाङ त्यसैगरी वडा नम्बर ३ मा जेठ २४ गते सीमा, २ मा जेठ २५ गते सैपाटुङ, १ मा जेठ २६ गते लुकुम, ६ मा जेठ २७ गते महत र वडा नम्बर ७ जेठ २८ गते धर्मशालामा शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय तय गरिएको नेकपाका पालिका अध्यक्ष रुपधन कामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका अध्यक्ष तथा सचिवले शपथ ग्रहण गरिदिने भएको छ यदि उहाँहरुको उपस्थिति नभएमा पालिका अध्यक्षले शपथ ग्रहण गरिदिइने बताउनुभयो । वडाको शपथ ग्रहण सके लगतै सेल कमिटी र प्रारम्भिक कमिटी गठन गरिने नेकपा भूमे गाउँपालिकाले जनाएको छ ।

जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ सचिव सतमान पुन (नेकपा) ५ नम्बर प्रदेशका सदस्य रामसुर बुढा मगर लगायत सोमबार नेकपा भूमे गाउँपालिकाको दोस्रो बैठकमा उहाँहरुको आथ्यता रहेको थियो ।

Facebook Comments