• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुस्तकालय व्यवस्थापन तालिम शुरु




पुस्तक रत्नभन्दा धेरै मूल्यवान हुन्छ, किनकि रत्न बाहिर चमकधमक देखिन्छ भने पुस्तकले अन्तस्करणलाई उज्ज्वल बनाउने गर्दछ ।

घोराहीमा केशर पुस्तकालय केशरमहल काठमाडौंको आयोजना, नेशनल इन्स्टिच्यूट अफ ह्युमन एक्सिलेन्सको व्यवस्थापन र दाङ पुस्तकालय संघ दाङको संयोजनमा सञ्चालित छ दिने आधारभूत पुस्तकालय व्यवस्थापनसम्बन्धी तालिम शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा शुरु भएको तालिमका सहभागीहरुलाई पुस्तकालय व्यवस्थापन तालिम आजको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै तालिमको प्रमुख प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिव दशरथ मिश्रले तालिमका सहभागीहरुलाई पुस्तकालय व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्रेस सेनानी तथा सर्वाेदय पुस्तकालयका अध्यक्ष सुशील गौतम र त्रि.वि. प्राध्यापक संघका केन्द्रीय सदस्य सुन्दर गौतमले तालिमले पुस्तक व्यवस्थापनमा सरल तरीकाले कार्य गर्न सक्ने बनाउने बनाउनुभयो ।

दाङ पुस्तकालय संघका अध्यक्ष तथा लागूऔषध दुव्र्यसनविरुद्धका अभियन्ता बसन्त पुनको अध्यक्षतामा तालिम शुरु भएको थियो ।

तालिम व्यवस्थापक भुपालसिंह रोकायको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सकारात्मक सोच समूह दाङका सदस्य प्रकाश श्रीबन्दले गर्नुभएको थियो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments