भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ लिएका छन् ।
बिहीबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दसमक्ष उनले दोस्रो कार्यकालका लागि सपथ लिएका हुन् । उनले नौ सदस्य भएको क्याबिनेट बनाउने भएका छन् ।
क्याबिनेटमा मोदीसहित राजनाथ सिंह, अमित शाह, नितिन गढकरी, सदानन्द गौडा, निर्मला सितारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसाद रहनेछन् । उनीहरुले पनि बिहीबार साँझ सपथ लिएका छन् ।
पूर्ण मन्त्रिपरिषदमा भने ६४ जनासम्म मन्त्री हुनसक्ने बताइएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।