प्युठानमा विहिवार परेको वर्षासंगै आएको वाढीले एकजना महिलालाई बगाएको छ ।
वाढीले बगाएकी महिलाको प्युठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै झिमरुक खोला किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए ।
अन्दाजी ३४/३५ वर्षकी महिला को ठेगाना नखुलेको उनले बताए , उनले भने,–‘यस विषयमा जाहेरी भएको छ , केहि समयमा पत्ता लाग्नेछ ।’
प्युठानका विहिवार दिउसोदेखी परेको वर्षाले जिल्लाका फोप्ली, माझकोट, जुम्रीकाडा लगाएतका क्षेत्रमा अन्नवाली समेत नोक्सान गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।