• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चुनबाङले चुम्यो भूमेको प्रथम राष्ट्रपति रनिङ शिल्ड




रुकुम (पूर्व)को भूमे गाउँपालिकामा पालिकास्तरीय रनिङ शिल्ड बुधबार समापन भएको छ ।

राष्ट्रीय खेलकुद परिषद्ले राष्ट्रपति रनिङ शिल्डको नियम परिमार्जन गरेपछि रनिङ शिल्ड सञ्चालन गर्ने जिम्मा पहिलो पटक स्थानीय तहले पाएको हो । रुकुम (पूर्व) मा तीन स्थानीय तह मध्य भूमेले राष्ट्रपति रनिङ शिल्ड समापन गरिसकेको हो ।

सिस्ने र पुथा गाउँपालिकाले सञ्चालन गर्ने तयारी गरिखेका छन् । प्रतियोगितामा सात माध्यामिक विद्यालयको प्रतिस्पर्धा रहेको थियो । जसमा भूमेका सात मावि लुकुम, काँक्री, महत, सीमा, काँडा, कुचिबाङ र चुन्बाङ रहेका छन् । ४१ अङ्क प्राप्त गरेर नेपाल राष्ट्रीय मावि चुन्बाङले प्रथम स्थान हासिल गरी शिल्ड हात लिएको हो । त्यसैगरी १३ अङ्क प्राप्त गरेर जनजागृति मावि महत दोस्रो स्थान हासिल गरेकोमा जनशक्ति मावि काँडाले १२ अङ्क प्राप्त गरेर तेस्रो स्थान हासिल गरेको छ ।

स्थान हासिल गरेका खेलाडीलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट खेलाडी, पोशाक प्रदर्शिनी गरेका विद्यालय तथा अनुसाशित विद्यालयलाई पुरस्कृत समेत गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डायमण पुनले जानकारी दिनुभयो ।

पालिका स्तरीय रनिङ शिल्ड भईसकेपछि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सञ्चालक समिति मार्फत जिल्ला स्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद समिति रुकुम (पूर्व)ले जनाएको छ । दुई पालिकाले खेल गरिसकेपछि तीन स्थानीय तह र जिल्ला समन्वय समिति र जिल्ला खेलकुद समिति लगायतको बैठक बसी जिल्ला स्तरीय रनिङ शिल्ड सञ्चालन गरिने बताइएको छ ।

सञ्चालित प्रतियोगिताहरु भलिबल, कवड्डी, एथलेठिक्स दौड, रिले त्यसैगरी उफ्रिने र फ्याक्ने, हाईजम्प, त्रिपलजम्प, लङजम्प, ज्यापलिङ थ्रो, सटफुट खेलकुदमा छात्र÷छात्रा खेलाडीले भाग लिएको थिए । सहिद शुक्र माध्यामिक विद्यालय भूमे ३ सीमामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रथम भूमे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रमका अध्यक्षता खेल सञ्चालक निर्देशन समितिका संयोजक तथा पालिकाका अध्यक्ष रामसुर बुढा मगरको रहेको थियो ।

प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, विशेष अथिति प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको रहेको थियो । अन्य अथितिमा राष्ट्रीय अनुसन्धान रुकुम (पूर्व)का प्रमुख शुक्रराज केसी, जिल्ला समन्वय समितिका अधिकृत चिन्तामणी दाहाल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डायमण पुन, जिल्ला खेलकुद समिति रुकुम (पूर्व)का अध्यक्ष हरिबहादुर थापा लगायत लगायत जनप्रतिनिधि विद्यालयका प्रअहरुको आथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद समितिका सदस्य चन्द्र रसाइली गर्नुभएको थियो ।

Facebook Comments