• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोदावरी स्कूलमा अभिभावक भेला




घोराही–१३, बडहरा दाङमा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स)मा अभिभावक भेला सम्पन्न भएको छ ।

पूर्व प्रा.वि. र प्रा.वि. तहमा अध्यनरत विद्यार्थीका अभिभावकहरु संग अन्तरक्रिया गर्ने उद्देश्यले आयोजना गरिएको नियमित भेलामा विद्यार्थीहरुको पठनपाठन, अध्ययन अनुशासन, र अतिरिक्त क्रियाकलाप लगाएतका विविध विषयमा छलफल भएको त्यहाँका लेखापाल सत्यपाल यादवले जानकारी गराउनु भएको छ ।

वि.ब्य.स. का अध्यक्ष शेषमणी शर्माको अध्यक्षतामा भएकोकार्यक्रम शिक्षक लोकेन्द्र रिजालको स्वागत मनतव्य वाट शुरुभएको थियो भने सहजीकरण त्यसै विद्यालयका कोर्डिनेटर हेमराज देवकोटाले गर्नु भएको थियो ।

प्रिन्सिपल विष्णु प्रभात दहालले आधाभुत तह कक्षा ८ को नगर स्तरीय परिक्षामा विद्यालय छैठौं स्थानमा आएकोले यसमा सहयोग पु¥याउनुहुने अभिभावक, शिक्षक, कर्मचारी तथा शुभ चिन्तक सवैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने विद्यार्थीहरुलाई वधाइ ज्ञापन गर्नु भएको थियो ।

साथै विद्यार्थी शिक्षक र अभिभावक एउटै रथका तीन पाङग्राझै भएकोले यो त्रिकोणत्मक सम्वन्ध वाटै शिक्षामा गुणस्तर आउन सक्ने उहाँको भनाई थियो । यि तिनै पक्ष आ–आफ्नो भुमिकामा उत्तिकै सवल र सशक्त हुनुपर्ने मा उहाँका जोड थियो । घर पहिलो पाठशाला हो । अभिभावक तथा आमा र बुवा भनेकै पहिलो शिक्षक हो भन्ने उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा अभिभावकहरु तुल्सीराम पन्थी, धनसिंह श्रेष्ठ, हरीसरा जि.एम., विष्णा योगी, चिजा गुरुङ, मिना राई लगाएतले महत्वपुर्ण सुझावहरु दिनु भएको थियो ।

Facebook Comments