• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धको तुफानी केन्द्रको यो घर– जसलाई अझै गणतन्त्र आएको छैन




देशभरि गणतन्त्र दिवसका विविध कार्यक्रम भइरहेका छन् तर रुकुमको पूर्वको एक गाउँको एक घरमा अझै गणतन्त्र आएको छैन । गणतन्त्रका लागि भएको जनयुद्धको तुफानी केन्द्रमा रहेको यो घरले अझै गणतन्त्र झुपडीसम्म नपुगेको प्रतिनिधिमूलक संदेश दिइरहेको छ ।

भूमे गाउँपालिका १ रुजीखोलाका एक परिवार जीर्ण छानोमुनि रात कटाउन बाध्य छन् । लामो समय भारत निर्वासित जीवन बिताएर फर्केका परिवार अस्थायी कटेज निर्माण गरेर बसेका थिए ।

परालको छानो जीर्ण भई चुहिन थालेपछि पालले छोपेका थिए । अहिले त्यो पाल पनि जीर्ण भएपछि परिवार थप समस्यामा परेका हुन् । पानी परेको रात छिमेकीको घर गुहार्न बाध्य परिवारमा अहिले आमा धनमता पुनसहित एक छोरा र तीन छोरी मात्रै घरमा छन् ।

श्रीमान कुल बहादुर पुनको मृत्यु भएको चार बर्ष भयो । जेठो छोरो अखिल पुन १९ वर्षको भयो विगत केही वर्ष देखि बेखबर छ । तीन कक्षा मात्रै पढेर विद्यालय छोडेको कान्छो सुनिल गाउँमै अरुको घरमा काम गरेर बसेको छ ।

जेठी छोरी रेखा कलिलो उमेरमै विवाह गरि गएपछि तीन बहिनी सन्तोषी पुन, बमकुमारी पुन र पछाउरी पुन सहित आमा धनमता मात्रै घरमा बसेका छन् । तीन छोरी विद्यालय जाने, जेठो छोरा बेखबर र कान्छो छोरा गाउँमै बरालिएर हिँडेपछि आमा एक्लैले के गर्नु के गर्नु भएको छ ।

कान पनि नसुन्ने आमाले नै सबै बोझ थामिरहनुभएको छ, छिमेकी चामु पुनले बताउनु भयो । अहिले प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा खरको छानोलाई कर्कटपाटा सहुलियतमा दिने भनी जानकारी पाएकोले आफुले दौडधुप गरेर आवश्यक कागजात जुटाउने तयारीमा लागेको पुनले बताउनुभयो ।

यस्ता पिडामा रहेकाहरूको खोजी गरी सक्दो सहयोगको लागि वडाले पनि पहल गरिरहेको वडाध्यक्ष रामचन्द्र पुनले जानकरी दिनुभयो । यसबारे गाउँ पालिकालाई पनि जानकारी गरिसकिएकोले गाउँ पालिकाबाट पनि प्राथमिकताका साथ आवश्यक सहयोगको अपेक्षा रहेको अध्यक्ष पुनले बताउनु भयो ।

Facebook Comments