• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आदिबासी जनजातीहरुको अभिमुखिकरण




रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा आदिबासी जनजातीहरुका समसामयिक विषयमा २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सानीभेरी गाउँपालिका भित्रका ११ वटै वडा बाट करिब १५० जना आदिबासी जनजातिहरुको सहभागितामा उक्त अभिमुखिकरण गरिएको हो ।

आदिबासी जनजातिको भेषभुषा, भाषा, कला संस्कृतिको जगेर्ना गर्ने र आदिबासी जाजातीहरुलाई अन्य जातजातिको दाजोमा ल्याउने उद्येश्यले २ दिने अभिमुखिकरण को आयोजना गरेको आदिबासी जनजाति महासंघ सानीभेरीका सचिव राम बहादुर कुँवर मगरले बताउनु भयो ।

सानीभेरी गाउँपालिकाका जनजातीहरु कला संस्कृतिमा जिल्लाकै नमुना भएको र अझै पनि पुराना सस्कृति तथा भेषभुषाहरुको अध्ययन गरी जगेर्ना गर्ने सचिव कुवरले बताउनुभयो ।

अभिमुखिकरण उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै सानिभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सानीभेरीका जनजातीले गरेको कार्य प्रति अत्यन्तै खुसीभएको बताउनुभयो । उहाँले आदिबासीका कलासंस्कृति र सोचमा परिवर्तन गर्न गाउँपालिकाले आर्थिक लगाएत जुनसुकै सहयोगमा कमि नहुने बताउनु भयो ।

आदिबासी जनजाती महासंघ सानिभेरीका अध्यक्ष गोबिन्द बुढामगरको अध्यक्षतामा भएको अभिमुखिकरण उद्घाटन कार्यक्रममा अदिबासी जनजाती माहासंघ केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज खगेन्द्र पुनमगरको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन, जनजाती माहासंघ प्रदेश नं ७ का इन्चार्ज टेक नाम्जाली मगरको विशेष आथित्यता रहेको थियो । कार्यक्रमको संचालन आदिबासी जनजाति महासंघ सानीभेरीका सचिव राम बहादुर कुँवर मगरले गर्नुभएको थियो ।

Facebook Comments