• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीका सामुदायिक विद्यालयमा पाँच दिनको गर्मी विदा




घोराही उपमहानगरपालिकाले गर्मीका कारण पढाईमा असर परेको भन्दै ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

घोराही उपमहानगर नगर शिक्षा समितिको आज बसेको बैठकले गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिती पनि न्यून हुदै गएपछि यही जेठ १६ गते देखी २१ गते मंगलबारसम्म ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले गर्मी बढ्दै जाँदा पढाई प्रभावित भएका सूचनाहरु आएपछि बर्षे बिदा कटाउने गरी ५ दिन सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय भएको हो ।

यसअघि निजि विद्यालयहरुले आज देखी आगामी सुक्रबार सम्म गर्मी बिदा दिईसकेका छन् ।।

Facebook Comments