• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेनस्मृति सम्मान शर्मा, आचार्य र पीडितलाई




बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालाई कृष्णसेन इच्छुकस्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गरिएको छ ।

सत्रौं कृष्णसेन इच्छुकस्मृति दिवसको अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रममा प्रेस संगठन दाङले स्थापना गरेको सो पुरस्कारबाट शर्मालाई सम्मान गरिएको हो ।

त्यस्तै जनसांस्कृतिक महासंघ दाङले स्थापना गरेको कृष्णसेन इच्छुकस्मृति साहित्यिक पुरस्कारबाट कथाकार एवं कवि निर्मल आचार्यलाई सम्मान गरिएको छ । नेकपा केन्द्रीय सदस्य आचार्य साहित्यमा सौगात आचार्यको नामबाट स्थापित हुनुहुन्छ ।

त्यस्तै नेपाल पत्रकार महासंघले स्थापना दाङ शाखाले स्थापना गरेको कृष्णसेन इच्छुकस्मृति पत्रकारिता पुरस्कारबाट महासंघका पूर्व अधयक्ष केएल पीडितलाई सम्मान गरिएको छ । तीनैजना प्रतिभाको बारेमा नरेन्द्र केसीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. अमर गिरीले आज सेनलाई सम्झदा कम्युनिष्ट आन्दोलनभित्र बोली र ब्ययवहारबीच तालमेल मिलाउनु निकै जरुरी भइरहेको उल्लेख गर्दै उनैतिक मूल्यका हिसाबले बलिया नेता कार्यकर्ता नबनाइ कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट सरकार चलाउन नसकिने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले सेनलाई राजनीति, साहित्य र पत्रकारिताका साझा विम्वको रुपमा चित्रित गर्दै हरेक क्षेत्रमा निष्ठापूर्वक लाग्नु नै सेनप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघ दाङका पूर्वअध्यक्षहरु सुशील गौतम, प्रताप रेग्मी र केएल पीडित, प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष चुनचुन केसी, एको¥याबका प्रदेश सचिव संगीत बस्याल, राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, प्रेस यूनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष जाजनकी दहितले बोल्नुभएको थियो ।

प्रे चौतारी दाङका अध्यक्ष जेएन सागरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन पत्रकार महासंघका सचिव भुपेन्द्र ओलीले गर्नुभएको थियो भने जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’ले धन्यवाद दिनुभएको थियो ।
सहकर्मी डा. अमर गिरीको सम्झनामा कृष्णसेन इच्छुक

Facebook Comments