• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काठमाडौं बिष्फोटमा ज्यान गुमाउने चारै जना विप्लव कार्यकर्ता, दाङका पनि एक जना




काठमाडौंको सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ ।

ज्यान गुमाउने एक जना दाङका पनि रहेका छन् । बबइ गाउँपालिका ३ दाङका गोकुल रानामगर ‘महान’को पनि निधन भएको छ । तत्कालीन जनमुक्ति सेनाको कम्पनी सहायक कमाण्डर रहेका राना रोल्पाको टिला क्याम्पबाट स्वेच्छिक अवकाशमा निस्केका थिए । उनी विप्लव नेकपामा काम गर्दैै आएका थिए ।

सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा ५ जना घाइते भएका छन् । घटना भएको झण्डै २४ घन्टासम्म मृतकको पहिचान खुल्न सकेको थिएन । सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ ।

अन्य मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्लको रहेका छन् ।

त्यस्तै अनामनगर बिष्टफोटमा ज्यान गुमाउने प्रज्वल शाहीको हिजो नै सनाखत भइसकेको थियो । बझाङ घर भएका शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य थिए ।

Facebook Comments