• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम त्रिवेणी अध्यक्ष कप जारी




त्रिवेणी गाउँपालिका खेलकूद विकास समिति र कला, साहित्य र संस्कृति संरक्षण मञ्जको संयुक्त आयोजनामा त्रिवेणी समृद्धिको आधार, जनसहभागिता खेलकूद विकास र मौलिक कला संस्कृति संरक्षण हाम्रो सरोकार भन्ने मूल नारासहित त्रिवेणी गाउँपालिकामा पहिलो पटक अध्यक्ष कपको खेलकूद तथा सांस्कृतिक प्रतियोगिता जारी छ ।

यस गाउँपालिकामा रहेका सबै खेलाडीहरुको क्षमता विकास गर्नुका साथै रुकुमलाई समृद्ध बनाउन मौलिक कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले खेल क्षेत्रमा युवा र खेलकूदमा अनिवार्य लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले यहाँका स्थानीय सरकारले पनि कार्यक्रम तथा बजेट विनियोजन गरी खेल क्षेत्रको विकासमा लागेको बताउनुभयो ।

जे ठ १० गते देखि १५ गतेसम्म सञ्चालन हुने खेलकूद प्रतियोगितामा भलिबल, सटफुट, छेलो, डबल ब्याडमिन्टन, लोकदो होरीलगायतका प्रतियोगिताहरु सञ्चालन हुने आयोजक टिमले जानकारी दिएको छ ।

यसैबीच यहाँ पहिलोपटक सांस्कृतिक सम्मेलन पनि आयोजना गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न संस्कृतिलाई प्रवद्र्धन गरी पुरानालाई प्रोत्साहन र नयाँ खेलाडीलाई स्वागत गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

सांस्कृतिक सम्मेलनमा गाउँपालिकाका सबै वडाबाट तीन/तीनवटा समूहले आफ्नो प्रस्तुति राख्नेछन् । सम्मेलनमा यहाँका मयुर, सिंगारु, पैसेरु, टप्पा, पञ्चे बाजालगायतका प्रस् तुतिका लागि दर्ता भएको बताउनुभयो ।

विशेष आकर्षणको रुपमा शनिवार महिला जनप्रतिनिधि र महिला कर्मचारी, पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिवल खेलमा महिला कर्मचारी र पुरुष कर्मचारीले जीत हात पारेका थिए ।

उद्घाटन कार्यक्रम त्रिवेणी गाउँपालिका खेलकूद विकास समितिका अध्यक्ष जनककुमार विश्वकर्माको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त शर्मा र गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीको विशेष आतिथ्य थियो ।

कोषाध्यक्ष राजेन्द्र विश्वकर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रथम अध्यक्षकप तथा त्रिवेणी सांस्कृतिक सम्मेलनका संयोजक कुबेर ओलीले गर्नुभएको थियो ।

Facebook Comments