• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काडमाडौं बम बिष्फोटः तीनको मृत्यु, पाँच घाइते




काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर तीन जनाको मृत्यु भएको छ ।

विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो ।

अनामनगर विष्फोटमा परेर लोकमञ्जरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए । यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ ।

विस्फोटमा घाइते हुने एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका नेता भएको खुलेको छ।

उनी विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रानितकारीका त्रिचन्द्र कलेज इकाइ अध्यक्ष हुन्। महानगरीय प्रहरी प्रभाग सिंहदरबारका अनुसार उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घट्टेकुलो घटनास्थलमा विप्लवको पार्टीका पर्चा समेत भेटिएका छन्। घट्टेकुलो विस्फोटमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा विप्लव नेतृत्वको पार्टीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ।

आइतबार दिउँसो सुकेधारा पनि विस्फोट भएको थियो। सो विस्फोटमा परी अर्का एक जनाको मृत्यु भएको छ।

Facebook Comments