सार्की समाज दाङको केन्द्रिय कार्यालय दाङमा स्थापना गरिएको छ । कार्यालयको घोराही उप–महानगरपालिका वडा नं.४ का अध्यक्ष भिमबहादुर सार्की र वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी सार्कीले समाज परिर्वतनका लागि दलित समुदायको आर्थिक अबस्थामा सुधार ल्याउँनु पर्ने वताउँनुभयो ।
त्यसका लागि सम्पुर्ण सार्की समुदाय एक हुन आबश्यक रहेको वताउँनुभयो । गरिवी,अशिक्षाका कारण आम दलित समुदाय पछाडी परेको आर्थिक अबस्था सुधार गर्न स्थानीय निकायले भुमिका खेल्नुपर्ने वताउँनुभयो ।
संविधानको मौलिक हकमा भएका अधिकासं कुरा कार्यान्वयन गर्नका लागि अबको आन्दोलन केन्दि«त गर्न जरुरी भएको उनिहरुले त्यसका आम दलित समुदाय एक ठाउँमा आउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्याक्रममा घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी,वडा नं.१८ का भरत अ¥र्याल,पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, घोराही १४ का दलित महिला सदस्य फुलमती नेपाली,मिना सार्की दाङ छाला जुत्ता संघका अध्यक्ष जोगेन्द्र पुरुष चन्द्रप्रकाश नेपाली,गोविन्द नेपाली, लगँउतले बोल्नु भएको थियो । देबबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुवास नेपालीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।