• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गिद्ध संरक्षणसम्बन्धी सचेतना कार्यक्रम, संरक्षण समिति गठन




दाङको तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुटीमा संकटापन्न एवं लोपोन्मुख वन्यजन्तुको संरक्षणसम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय दाङ र पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहभित्र रहेका गिद्धको गुँड संरक्षणका बिषयमा कार्यक्रम केन्द्रित रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले प्रकृतिको निशुल्क कूचीकार गिद्धले सिनोजन्य फोहरमैलाको निशुल्क सफाइ गरिदिने भएकाले यसको ठूलो महत्व रहेको बताए ।

डायक्लोफेनेक नामक औषधिको प्रयोगका कारण ९९ सय प्रतिशतसम्म गिद्ध नष्ट भएको उल्लेख गर्दै वक्ताहरुले अहिले नेपाल सरकारले यो औषधिमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बृद्धि हुन थालेको बताए ।

सम्झना समुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मीनबहादुर केसीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देबराज विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत र डिभिजन वन कार्यालय दाङका सूचना अधिकृत खिमबहादुर केसीले गिद्ध र लोपोन्मुख वन्यजन्तुको अवस्थाका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका रेञ्जर नवराज कँडेल, पत्रकार नरेन्द्र केसीलगायतले बोल्नुभएको थियो ।

स्थानीय गिद्ध संरक्षण सममितिका संयोजक राजन खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका कार्यक्रम सञ्चालन दिपेन्द्र लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रमपछि भएको स्थानीय उपभोक्ताको भेलाले राजन खड्काको अध्यक्षतामा ११ सदस्यीय स्थानीय गिद्ध संरक्षण समिति गठन गरेको थियो ।

Facebook Comments