• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धका घाइते क्यान्सरबाट पीडित, जीवन मरणको दोसाँधमा




रुकुम (पश्चिम) सानिभेरी गाउँपालिका वडा नं ७ फुक्रुटाकुरा निबासी धर्म बहादुर ओली जन्युद्धका लडाकु हुन् । तत्कालिन १० वर्षे जनयुद्धमा जति लडाई तथा आक्रमणहरु भए अधिकांशमा उनि सहभागी थिए ।

धेरै लडाइहरुमा उनि साधारण घाइते भए पनि अर्घाखाचीको एक आक्रमणमा खुट्टा र अन्य अंगमामा गम्भिर चोट लाग्यो बम बारुदका छर्राहरु शरिरबाट निकाल् सकिएन । बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका बम बारुदका छर्राहरुले उनलाई सधै दुख दिइरह्यो । धेरै अस्पतालहरुमा उपचार गरेर पनि ठिक नभए पछी काठमान्डौंको नर्भिक अस्पत्तालमा चेकअप गराउदा उनलाई क्यान्सर भएको पत्ता लाग्यो ।

शरिरको सम्वेदनशिल अंग अण्डकोष र पेनिसमा क्यान्सर भएको थाहा पाएपछी अस्पत्तालले २ वटा अपरेशन गर्यो । २ वटा अपरेसन गर्दा पनि ठिक हुने नदेखिएपछी उनी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा थप उपचारको लागी गए । त्यहाँ पनि १ वटा अपरेशन गरेर हाल ६ महिनाको लागि किमो चाढाइरहेका छन् ।

घरको अवस्था साधारण भएका ओलीको उपचारमा अहिले सम्म १७ लाख खर्च भइसकेको छ । उपचारमा खर्च भएको सबै रकम गाउँघरमा २५ प्रतिशत व्याजमा कारेर उपचार गरिरहेको बताउछिन उनकि श्रीमती आशा कुमारी रोका ओली । घरको सबै जायजेथा सकिने अवस्था भैसक्यो र अझै थप उपचारमा कति खर्च हुनेहो भन्ने केहि अनुमान नभएर घरपरिवार सबै निरास भएको उनले बताइन् ।

कक्षा २ मा पढ्दा देखि नै तत्कालिन नेकपा माओबादी पार्टीको भातृ संगठन बालक्लबका जिल्ला सदस्य भएका धर्मबहादुर ओली पढ्ने र कमाउने उमेरमा पार्टीका इमान्दार लडाकु बनेर जिन्दगीनै राजनितीमा विताए । ओलिले देश र जनताको मुक्तिका लागी थुप्रै लडाइत गरे तर आफ्नो शरिर स्वस्थ राख्न सकेकनन् र अहिले अस्पत्तालको सैयामा जीवन मरणको दोसाँधमा पिडा खेपीरहेका छन् ।

पैशा कमाउने र छाराछोरी पाढाउने अनि घर परिवारलाई सुखी राख्ने कुरा त परै छ आफ्नो शरिरको उपचार गर्ने पैशा कहाँबाट जम्मा गर्ने भन्ने पिडामा छटपटाइरहेका छन् उनी । सहयोगका लागि पार्टी तथा नेताहरु सबैलाई याचना गर्दा पनि वास्ता नगरेको गुनासो छ उनकी श्रीमती आशाकुमारीको ।

पार्टीमा जीवन बेथित गरेका धर्म बहादुर र उनको घर परिवारले सबै नेता र सरकार संग सहयोगका आँचल फैलाए पनि सानीभेरी गाउँपालिकाले रु ५० हजार र उनको वडा, वडा नं ७ ले ४० हजार बाहेक अहिले सम्म कुनै नेता तथा सरकारबाट सहयोग आएन । सहयोग पाउने आशामा छटपटाएका ओलीलाई कतैबाट नआउने नदेखिए पछी उनी थप चिन्तित बनेका छन् ।

बाँच्ने आशा हुदाहुदै आर्थिक अभावले छटपटिएका ओली र उनको परिवारले देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको लागी अनुरोध गरेका छन् । सहयोग गर्न चाहने नेपालीहरुले बिरामी धर्मबहादुर ओलीकी श्रीमतीको मोबाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Facebook Comments