• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिद्यालयमा प्याड वितरण




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे स्वास्थ्य शाखाले एक बिद्यालयलाई प्याड दिएको छ । नगर स्वास्थ्य शाखाले वडा न. १२ मा पर्ने जनकल्याण माध्यमिक बिद्यालय सानाखाेलालाई प्याड दिएकाे हाे ।

स्वास्थ्य शाखाकाे सशस्त्र अनुदान २५ हजार बजेटबाट मावि सानाखाेलालाई करिब ५ सय प्याड दिएकाे बताइएको छ ।

उक्त बिद्यालयमा महिनावारी हुने छात्रा संख्या हेरेर बर्षभरी पुग्ने गरि प्याड दिएको नगर स्वास्थ्य शाखा प्रमुख अकबिर घर्तीले बताए ।

उनले भने नेपाल सरकारकाे सबै बिद्यालयमा प्याड वितरण गर्ने नीति छ त्यहि अनुसार याे बर्ष मावि सानाखाेलालाई प्याड दिएका छाैँ अागामि अार्थिक बर्षदेखि ब्यवस्थित शाैचालय हुने सबै बिद्यालय प्याड वितरण गर्छौं ।

केही माध्यमिक बिद्यालयमा रेडक्रसले प्याड राख्न र फाल्न मिल्ने किसिमको शाैचालय बनाएको छ त्यस्तो बिद्यालयमा अागामि बर्ष नै प्याड वितरण गर्छौं स्वास्थ्य शाखा प्रमुख घर्तीले भने बाँकी बिद्यालयमा छात्रा मैत्री शाैचालय निर्माण गर्नकाे लागि नगरपालिकामा माग गर्छौं ।

विद्यालयमै प्याड वितरण गरेपछि भने महिनावारी भएका छात्राहरु प्याड नभएकै कारण बिद्यालय छाेड्नुपर्ने बाध्यताकाे अन्त्य हुने बिश्वास लिइएको छ ।

Facebook Comments