• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बोल्ने कला सिक्दै रुकुमका युवा




मुसीकोट नगरपालिका भित्रका युवाहरु बोल्ने कला सिक्दै छन् । युवाहरुमा बोल्ने कलाको विकास गर्ने उद्ेश्यले उद्घोषण सम्बन्धी तालिमको आयोजना गरिएको छ ।
मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा मुसीकोट २ को दियो साँस्कृतिक युवा क्लव र सृजनशिल युवा क्लवले युवाहरुका लागि तालिम आयोजना गरेका हुन् ।

तालिममा मुसीकोट नगरपालिकाका २० जना युवाहरुको सहभागिता रहेको छ । उनिहरुलाई सञ्चार, आमसञ्चार, पत्रकारीता, आमसञ्चार माध्यमहरुको काम, सूचनाको हक, उद्घोषण र यसका प्रकार, मञ्चको कार्यक्रम गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा सिकाईने छ ।

युवाहरुमा बोल्ने कला सम्बन्धी सिपको विकास गरी युवाहरुलाई सामाजिक विकासमा लगाउँने उद्ेश्य राखिएको दियो युवाक्लवका अध्यक्ष भिमवहादुर खड्काले जानकारी दिनुभयो ।

युवाहरुले बोल्न हिच्किचाउने, बोल्न डर, धक मान्दा आफ्नो गाउँठाउँमा हुने विकास निर्माणमा चासो नलिने, समाजमा भैरहेको वेतिथिहरुका बिरुद्ध आवाज उठाउन नसकेको देखिएकाले तालिमको आवश्यकता महशुस गरिएको सृजनशिल युवा क्लवका अध्यक्ष हरि खड्काले बताउनुभयो ।

तालिमले युवाहरुलाई रचनात्मक बनाई समाजमा हुने अपराध, विकृति, विसंगतिका विरुद्धमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

आजबाट सुरु भएको तालिम ३ दिन सम्म संचालन हुने छ । तालिमको सहजिकरण आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का, पत्रकार महासंघका सचिव हरि गौतम र रेडियो सानीभेरीका समाचार प्रमुख मनिष खड्काले गरिरहनुभएको छ ।

तालिमको आज एक कार्यक्रमका विच मुसीकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शुशिल गौतमले उद्घाटन गर्नुभयो ।

दियो साँस्कृतिक युवा क्लवका अध्यक्ष भिमवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिका १ का वडाध्यक्ष बिरवल केसी, वडा नम्बर २ का कार्यावहाक वडाध्यक्ष दिनेश खड्का लगायतको आतिथ्यता रहेको थियो ।

क्लवका निवर्तमान अध्यक्ष टेकवहादुर खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लवका निवर्तमान सचिव सुरेश खत्रीले गर्नुभएको थियो ।

Facebook Comments