• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोषणको अवस्था सुधार्न अभिमुखिकरण




रुकुम (पूर्व) भूमे गाउँपालिकामा पोषणका लागि तालिम पालिकाको सभा हलमा सञ्चालन गरिएको थियो ।
हुक्षेत्रीय पोषण योजना सम्बन्धी महिला जनप्रतिनिधि र बहुक्षेत्रीय पोषण योजना तथा खाद्य सुरक्षा समितिलाई पोषण सम्बन्धी अभिमुखिकरण तालिम दिइएको भूमे गाउँपालिका बहुक्षेत्रीय पोषण योजनाका स्वयंसेवक एलिशा सुनारले बताउनुभयो ।

बालबालिका, गर्भवटी, किशोर/किशोरी तथा सुत्केरी महिलाहरुलाई पोषण अति नै महत्व रहेकाले हरेक घरका आमालाई पोषण तथा सरसफाईको ध्यानदिन जरुरी रहेको युनिसेफ भैरहवाका कार्यालय प्रमुख रिदी शर्माले बताउनुभयो ।

पोषणको विषय वस्तुलाई प्रस्तुत गर्नुहँुदै भन्नुभो स्वास्थ्य आमाबाट स्वस्थ शिशुको जन्म हुनेभएकोले हजार दिनका आमा त्यसैगरी बालबालिका लागि शान्तिपूर्ण वातावरणमैत्री र पोषिलो खानपिनमा हरेक बार खाना चार भएका पोष्टिकत्व खाना तयार गरेर खाएमा बच्चा हष्टपुष्ट भएर समय अनुसारको बच्चाको शारिरीकसँगै मासिकको बृद्धि विकास हँुदैजाने र समाजको सक्षम व्यक्तित्व भन्ने भएकाले पोषणलाई ध्यानदिन तालिमका सहभागिलाई शर्माले आग्रह गर्नुभयो ।

पोषण सम्बन्धी विभिन्न तालिम तथा योजना दिनुका साथै कृषि शाखा कार्यालय तर्फबाट विभिन्न थरीका तरकारी बीउ वितरण गरिराखेको पालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी गर्नुभयो । त्यसैगरी सघन कार्यक्रमकै रुपमै कार्ययोजना भनाएर योजनाबद्ध भएर पोेषण तथा सरसफाईका कामलाई पूरा गरिँदै काम सञ्चालन भइराखेको उहाँले भनाई राख्नुभयो ।

मुख्यगरी पोषण बालबालिका र महिलालाई आवश्यता हुनेभएको कारणले बालबालिकालाई हुर्कान तथा पालन पोषण गर्नमा महिलाको जिम्मेवारी बढी हुनेभएको कारणले उहाँहरु मार्फत नै पोषण सन्देश दिने उद्देश्यले महिला जनप्रतिनिधि र बहुक्षेत्रीय पोषण योजना समितिलाई अभिमुखीकरण तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।

भूमे गाउँपालिकाको आयोजना रहेको अभिमुखिकरण तालिमको समन्वय युनिसेफ नेपालको रहेको थियो । युनिसेफ भैरहवाका प्रमुख रिदी शर्मा, दिव्य लक्ष्मी मानन्दर पोषण अधिकृत र पूर्व र पश्चिम रुकुमका पोषण संयोजक महेन्द्र घिमीरेले अभिमुखिकरण तालिम दिनुभएको थियो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ लगायत महिला जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

Facebook Comments