• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छोराले गरे बुवाको हत्या




रुकुमपूर्व भूमे गाउँपालिका– ७ गुनाम गाउँमा छोराले बुवाको हत्या गरेका छन् ।

२० वर्षीय विरत विकले आफ्नै बुवा अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार, आज बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिनुभयो ।

हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानका अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ ।

अहिले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

Facebook Comments