• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मनाइयो जैविक विविधता दिवस, पर्यावरण संरक्षणमा जोड




दाङमा २७ औं जैविक विविधता दिवस मनाइएको छ ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनमा घोराही उपमहागनरपालिका २ बुकामा दिवस मनाइएको हो ।
गरेको कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् ।

‘जैविक विविधताः हाम्रो आहारा, हाम्रो स्वास्थ्य’ भन्ने नाराका साथ मनाइएको कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकृत खिमबहादुर केसीले वन तथा वातावरण संरक्षणमा जोड दिनुभयो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममासवडिभिजन वन कार्यालय सुनपुरका सहायक वन अधिकृत बिष्णु लामिछाने, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, सामुदायिक वन महासंघ दाङका कोषाध्यक्ष कलम पोख्रेल, चरिंगे दह संरक्षण समितिका अध्यक्ष मेघबहादुर खड्का, शिक्षक बुद्धिप्रकाश धिताल र संरक्षकर्मी महिला अगुवा राधा पाण्डेले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक दिपेन्द्र लामिछानेले गर्नुभएको थियो ।

Facebook Comments