• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकाद्वारा १५ लाख राहत वितरण




रुकुम (पश्चिम) सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक प्रकोप पिडित, अति गरिब र बिरामीको उपचार खर्च गरी जम्मा १५ लाख रकम वितरण गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक प्रकोप अन्तर्गत बाढी पहिरो, आगलागी, चट्याङमा परेर मानविय तथा धनजनको क्षति भएका गाउँपालिका भित्रका ७१ घर परिवारलाई ७ लाख ३९ हजार ४ सय रकम बितरण गरिएको विपद व्यवस्थापन समिति अन्तर्गतको मूल्यांकण कमिटिका संयोजक तथा गाउँपालिकाका इन्जिनियर मोहन कुमार ओलीले बताउनु भयो ।

त्यस्तै बिरामी उपचार सहयोगकालागि आर्थिक सहायता रकम पनि बितरण गरिएको छ । जसमा ८ जना बिरामीहरुलाई २ लाख ६५ हजार रकम वितरण गरिएको छ । मृगौला फेल भएका, रगत क्यान्सर, मुटुरोगी जस्ता ठुला बिरामीलाई सो रकम बितरण गरिएको हो ।

गाउँपालिकाले यस अघि नै फाल्गुन महिनामा३० जना लाई आर्थिक सहायता रकम अन्तर्गतको ५ लाख रकम बितरण गरि सकेको छ, जसमा अति गरिव, विरामीको उपचार खर्च तथा जोखिममा परेका बालबालिकालाई पढाई खर्च स्वरुप रकम वितरण गरिएको थियो ।

सानीभेरी गाउँपालिकाको प्रांगनमा एक औपचारिक कार्यक्रमका बीच राहत वितरण गरीएको थियो । सानीभेरी गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक विर्ख बहादुर विष्ट, ७ नं वडाका वडा अध्यक्ष कुलबहादुर बुढा, ८ नं वडा अध्यक्ष शशिराम बुढाथोकी, लेखा अधिकृत नरेन्द्र बिष्ट लगाएतको उपस्थितिमा राहत बितरण गरिएको हो ।

कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्लले गर्नुभएको थियो ।

Facebook Comments