• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका भेरी ब्यूरो इञ्चार्ज ओली पक्राउ




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्ज बलबहादुर ओली ‘शीतल’ पक्राउ पर्नुभएको छ ।

दाङ घर भएका केन्द्रीय सदस्य ओली केही समयदेखि भेरी ब्यूरो इञ्चार्जको रुपमा साविक भेरी अञ्चलमा कार्यरत हुनुुहुन्थ्यो ।

उहाँसहित सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यमराज’ पनि पक्राउ परेको नेकपा स्रोतले जनाएको छ । दुबै जनालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

सुर्खेतको भेरीउत्तरगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर पक्राउ परेको स्रोतले जनाएको छ ।

दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको छ ।

Facebook Comments