• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलतारामा एक दिने स्याटेलाइट क्लिनिक




रुकुम (पश्चिम)काे मुसीकाेट नगरपालिकामा एक दिने स्याटेलाइट क्लिनिक सम्पन्न भएकाे छ ।

सुनाैलाे परिवार नेपाल/मेरी स्टाेप्सकाे प्राबिधिक सहयाेगमा मुसीकाेट नगरपालिका अन्तरगत नगर स्वास्थ्य इकाइले एक दिने स्याटेलाइट क्लिनिक सम्पन्न गरेकाे हाे ।

नगरपालिकाकाे वडा नम्बर ९ हाेलतारामा मंगलबार क्लिनिक सम्पन्न भएकाे छ । उक्त एक दिने स्याटेलाइट क्लिनिकमा वडा नम्बर ८, ९ र १० का ८ महिलाले इम्पलान्ट राखेका छन् भने ६ जना महिलालाई परामर्श दिइएकाे अायाेजकले जानकारी दिएकाे छ ।

त्यसैगरि एक जना महिलाले इम्पलान्ट निकालेकाे पनि बताइएकाे छ । स्याटेलाइट क्लिनिकमा वडा अध्यक्ष नवीन अाेली, नगर स्वास्थ्य संयाेजक एबं सिनियर अनमी कमला केसी, स्वास्थ्य चाैकी हाेलताराका अहेब हस्तराम अाेली, सुनाैलाे परिवार नेपाल/मेरी स्टाेप्सका भिजिटिङ प्राेभाइटर निर्मला बिसी, स्मृती जि.एम. लगायतकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments