• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नेकपा जिल्ला कमिटीको शपथ ग्रहण




रुकुम (पूर्व) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीलाई सोमबार शपथ ग्रहण गरिएको छ ।

सोमबार रुकुमकोटमा जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यदलले टुङ्ग्याए अनुसार एक सय पैतीस सदस्यीय जिल्ला कमिटीमा पूर्व माओबादी केन्द्रबाट एकासी पूर्व एमालेबाट चौवन्न सदस्य रहनुभएकोमा जिल्ला अध्यक्षमा पूर्व माओबादी केन्द्रबाट मेघबहादुर श्रेष्ठ र सचिवमा पूर्व एमालेबाट सतमान पुन रहनुभएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनले जिल्लाका कमिटीलाई शपथ ग्रहण गराउनुभयो ।

जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेशस्तरको कार्यदल बनाइएको थियो । पूर्व एमाले र पूर्व माओबादी केन्द्रबीच पार्टी एकताका लागि पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुङ्ग्याइएको हो ।

एकतीस वडा रहेको यस जिल्लामा एक्काईस पूर्व माओबादी केन्द्र र दश पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ । त्यहाँ पनि अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको बताइएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले अब संगठनात्मक एकता सम्पन्न गरेर वैचारिक एकता कायम गर्दै पार्टीलाई अघि बढाउने बताउनुभयो ।


जिल्ला कमिटीको बैठक आज बसिराखेको छ । जिल्लाको तीन स्थानीय तह मध्य भूमे र सिस्ने गाउँपालिकामा एकता घोषणा गरिसकेको हो । पुथा उत्तरगंगा गाउँपालिकामा भने घोषणा गर्ने बाँकी रहेको जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बसिराखेको कमिटीले पुथाको घोषणा र आगामी दिनहरुमा संगठानिक विस्तार विषयमा छलफल गरिने श्रेष्ठले बताउनुभयो । जिल्ला कमिटीमा तेह्र जनालाई मनोनयन गर्ने एजेण्डा माथि पनि बैठक बसिराखेको (नेकपा) रुकुम (पूर्व)ले जनाएको छ ।

(नेकपा)ले जनाएको अनुसार नौ जना पूर्व माओबादीबाट र पाँच जना पूर्व एमालेबाट मनोनयन हुने छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री, दलजित श्रीपाली लगायत केन्द्रीय सदस्यलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments