• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोषण सप्ताहमा भव्य जुलुश




रुकुम (पूर्व) भूमे गाउँपालिकामा आइतबार पोषण सप्ताह कार्यक्रम मनाएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्र्देशनालय स्वास्थ्य कार्यालय रुकुम (पूर्व) को आयोजना रहेकोमा भूमे गाउँपालिका र एकीकृत विकास समाज (आइडीएस) नेपालको समन्वय रहेको थियो ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रमको उपलक्ष्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख यादव प्रसाद शर्माले बताउनुभयो । पोषणत्व खानपानको अति महत्वपूर्ण कुरा भएको उहाँले भन्नुभो व्यक्तिको स्वास्थ्य राम्रो भयो भने मात्र व्यक्तिले राम्रो कार्यसम्पादन गर्दछ ।

हरेक व्यक्तिले व्यक्तिगत, घरआगन, छरछिमिक, विद्यालय लगायतको वरिपरीका वातावरण सफा र सुन्दर समाज निर्माण गर्नमा लाग्नु पर्ने भूमे गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले भनाई राख्नुभयो । स्वास्थ्य सम्बन्धी जानकार गर्नु हुँदै भन्नुभयो हरेक बार खाना चार सन्तुलित भोजनसँगै सरसफाईमा ध्यान राख्न आग्रह गराउनुभयो । उहाँले भन्नुभो जस्तो वातावरणमा हुर्किन्छ त्यसैअनुसारको समाज रुपान्तरणमा जोडिने भएकोले खासगरी सरसफाई मात्र गरेमा अधिकांश रोगबाट बचन सकिन्छ ।

नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ईलाका प्रहरी कार्यालय खाबाङ बगरले पनि उक्त कार्यक्रमसँगै गरेको थियो । खाबाङ बजार परिक्रमा ¥याली प्रदर्शन गरी कोण सभा कार्यक्रम गरेर समापन गरिएको हो । कोण सभामा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, आइडीएस नेपालका जिल्ला अधिकृत मिलन देवकोटा, भूमे गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख डायमण पुन लगायतले सम्बोधन गर्नुभएको थियो । जेठ ३ गते सदरमुकाम रुकुमकोटमा गरिएको थियो ।

समाजका सर्वसाधारण देखि लिएर जिम्मेवार व्यक्ति सम्ममा स्वास्थ्य सम्बन्धीको सन्देश प्रवाह पु¥याउने उद्देश्यले सबैको सहभागिता र समन्वयमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रम जेठ १ गतेबाट ७ गते सम्म स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेर मनाइराखेका छन् । विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेवक, आमा समूह, युवा, राजनैतिक दल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Facebook Comments