• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टोल टोलमा योजना छनोट शुरु




रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा न ९ ले आजदेखि टोल टोलमा गएर टोलबासीको आम भेला गरी आ व २०७६÷७७ का योजनाहरुको छनोट गर्ने अभियान संचालन गरेको छ ।

जसअन्तर्गत आज कामिगाउँ टोल बिकास सस्थाको हिल विद्यालयमा योजना छनोटको काम सम्पन्न भएको छ । जसमा सडक, खानेपानी सिचाइ, विद्युत,कृषि। शिक्षा, लक्षित बर्ग लगायतका विषयमा संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयमा रकमको माग गर्ने विभिन्न खाले योजनाहरु छनोट भएका छन ।

यो अभियान ११ गतेसम्म जारी रहने वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । जेठ ८ गते गते नमुना टोल बिकास सस्थाको चौखावाङम, जेठ ९ गते स्वाँरा कुन्सिम्ला टोल बिकास सस्थाको कुन्सिम्लामा, जे १० गते होल्तारा अदुवारी टोल बिकास सस्थाको वडा कार्यालय होल्तारामा र ११ गते होल लिउरडाँडा टोल बिकास सस्थाको लिउरडाडामा भेला आयोजना गरिएको छ ।
जेठ २३ गते वडास्तरीय योजना छनोट वडा कार्यालय होल्तारामा हुनेछ ।

अभियान टोलीमा सम्बन्धित टोलका वडा सदस्य, वडा सचिव, कार्यालय सहयोगीलगायतको लगायतको सहभागिता रहेको छ ।
वडास्तरीय योजना छनोट गर्नुपूर्व टोलस्तरबाट छनोटमा परेका योजनाहरुको स्थलगत अनुगमन गरी आबश्यकताको आधारमा रकम बिनियोजन गरिने छ ।

पहिलो भेला वडा सदस्य नौमा घर्तीको अध्यक्षता र वडा सचिव टेकबहादुर रोकायको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments