• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७२ बर्षमा नागरिक बनिन् ढुरल्या बोहरा




रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा दुई दिने एकीकृत नागरिकता शिबिर सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयकाे नियमित शिबिर अन्तरगत वडा न. ११ काे टाटामा दुई दिने नागरिकता शिबिर सञ्चालन भएको हाे । शिबिरबाट वडा न. ७ , ९ , १० , ११ , १२ , १३ , ५ र ६ का स्थानियले सेवा लिएका छन् ।

शिबिरमा १ सय ४४ महिला र १ सय २३ पुरुष गरि जम्मा २ सय ६७ जनाले नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । उनका अनुसार पहिलो दिन शनिबार ९७ र दाेस्राे दिन अाइतबार १ सय ७० नागरिकता वितरण गरिएको हाे । त्यस्तै एक ७२ बर्षिय वृद्धाले जन्मदर्ता सँगै नागरिकता पनि बनाएकि छन् ।

वडा न. ६ कि ढुरल्या बाेहरा ( बुढाथोकी ) ले शिबिरबाट वंशजकाे अाधारमा नागरिकता लिएकि हुन् । उनी वि स २००४ सालमा जन्मिएको भए पनि अहिलेसम्म नागरिकता बनाएकि थिइनन् , सबै सेवा सुविधा बाट बन्चित हुँदै गएपछि नागरिकता बनाएकि हुन् । शिविरबाट नागरिकता सँगै घरेलु तथा साना उद्योग दर्ता नविकरण , मतदाता नामावली दर्ता समेत गरिएको बताइएको छ ।

Facebook Comments