• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मिडिया बिधेयकमा पार्टी भित्र छलफल भएको छैन: नेपाल





नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले मिडिया काउन्सिल बिधेयक पार्टीमा छलफल नगरेर ल्याइएको बताउनुभएको छ ।

प्रेस सङ्गठन दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा उहाँले अहिले बिधेयक आएपछि पनि पार्टीमा कुनै छलफल नभएको बताउनुभयो ।

मिडियालाई व्यबस्थित गर्न जरुरी रहेको औल्याउँदै उहाँले त्यसो गर्दा अन्तर्राष्ट्रिय मूल्य मान्यता भने ख्याल गर्नुपर्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले एकता प्रक्रिया सकिएपछि देशब्यापी अभियान शुरु गरिने बताउनुभयो । एमालेको साबिक संख्यालाई आधार मानेर सङगठन एकता गरिएको पनि उहाँले बताउनुभयो ।

Facebook Comments